संग्रह गर्नुहोस्।
संग्रहित

ETLA रिपोर्टः फिनल्यान्डलाई अहिलेभन्दा तीन गुणा बढी आप्रवासी आवश्यक

अर्थतन्त्र र खुम्चिँदो श्रमशक्तिको समस्या समाधान गर्न फिनल्यान्डले वार्षिक आप्रवासन बढाउनुपर्ने नयाँ अध्ययनले देखाएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • श्रमशक्ति स्थिर राख्न वार्षिक ४४,००० खुद आप्रवासी आवश्यक पर्ने।
  • रोजगारीमा आधारित आप्रवासनले अर्थतन्त्र र उत्पादकत्वमा छिटो फाइदा पुर्‍याउने।
  • भाषा र सीप पहिचान सहितको प्रभावकारी एकीकरण नीति हुनुपर्ने।

फिनल्यान्डको अर्थतन्त्र र खुम्चिँदो श्रमशक्तिको समस्या समाधान गर्न आप्रवासीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढाउनुपर्ने देखिएको छ।

फिनल्यान्डको आर्थिक अनुसन्धान केन्द्र ETLA को नयाँ प्रतिवेदन अनुसार आर्थिक वृद्धिको आधार सुरक्षित गर्न आप्रवासन नीतिमा रणनीतिक सुधार आवश्यक छ।

फिनल्यान्डको जनसङ्ख्या तीव्र रूपमा बुढ्यौलीतर्फ गइरहेको र श्रमशक्तिको आपूर्ति घट्दै गएको प्रतिवेदनमा उल्लेख छ। त्यसका कारण फिनल्यान्डको अर्थतन्त्रमा चुनौती थपिएको प्रतिवेदनमा जनाइएको छ।

कामकाजी उमेर समूहको जनसङ्ख्या स्थिर राख्न वार्षिक करिब ४४,००० खुद आप्रवासी आवश्यक पर्ने ETLA को अनुसन्धानले देखाएको हो।

विज्ञापन

हाल यो सङ्ख्या करिब १५,००० मात्र रहेको छ। यो बढाएर ४४,००० पुर्याउने लक्ष्य निकै चुनौतीपूर्ण रहेको ETLA का अनुसन्धान निर्देशक आन्ती कौहानेनले बताउँछन्।

रोजगारीमा आधारित र उच्च शिक्षा हासिल गरेका आप्रवासीहरूले अर्थतन्त्रमा छिट्टै सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ।

मानवीय कारणले आउने आप्रवासीहरूबाट हुने आर्थिक लाभ भने कमजोर हुने गरेको छ । उनीहरूको रोजगारीको बाटो निकै सुस्त हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

आप्रवासनले अर्थतन्त्रमा पार्ने प्रभाव मुख्यतया नयाँ आउनेहरूको सीप र उनीहरूको सफल एकीकरणमा भर पर्छ। यसका लागि प्रभावकारी भाषा तालिम, सीपको पहिचान र श्रम बजारमा छिटो पहुँचको व्यवस्था हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

अन्तरघुलनका प्रयासहरूले रोजगारीमा सुधार ल्याउने र सामाजिक सुरक्षा भत्ताको आवश्यकतालाई कम गर्ने कुरालाई प्रतिवेदनमा जोड दिइएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा पछिल्लो समय कामदारको अभाव प्रमुख राष्ट्रिय मुद्दा बन्दै गएको छ। यद्यपी आप्रवासनलाई कडाइ गर्ने सरकारी नीतिका कारण फिनल्यान्ड आउने आप्रवासीहरूको संख्या बढ्नुको सट्टा घटिरहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप