विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका एक भाग्यमानीले जिते युरो ज्याकपटमा ५८ मिलियन युरो

फिनल्यान्डमा रहेका नेपालीहरुले पनि युरो ज्याकपट चिट्ठा किन्ने गरेका छन्।

फिनल्यान्डका एक भाग्यशाली व्यक्तिले युरो ज्याकपटमा ५८ मिलियन युरो जितेका छन्। शुक्रबार जुलाई २५ को ड्रमा दुई जनाले पूर्ण सही नतिजा ल्याएपछि मुख्य पुरस्कार फिनल्यान्ड र जर्मनीबीच बाँडिएको थियो।

लटरी सञ्चालक भेक्काउस (Veikkaus) का अनुसार फिनल्यान्डको कोत्का (Kotka) शहरका एक अनलाइन खेलाडीले विजयी टिकट खरिद गरेका थिए। विजयी नम्बरहरू ७, ८, १३, २९, ३६ र स्टार नम्बरहरू ४ र ८ थिए।

भेक्काउसकी सञ्चार प्रबन्धक आइने आल्होका अनुसार युरो ज्याकपटको इतिहासमा मुख्य पुरस्कार फिनल्यान्डमा परेको यो २३औँ पटक हो। त्यस्तै यो फिनल्यान्डको इतिहासमा पाँचौँ ठूलो युरो ज्याकपट जित हो।

मुख्य पुरस्कारका अतिरिक्त अन्य साना तर महत्वपूर्ण पुरस्कारहरू पनि फिनल्यान्डमा परेका छन्। साभोन्लिना (Savonlinna) का एक अनलाइन खेलाडीले ५+१ सही नतिजा ल्याएर करिब ६ लाख युरो जितेका छन्। साथै १५ जना खेलाडीले ५ सही नम्बर मिलाएर प्रत्येकले १३०,००० युरोभन्दा बढी प्राप्त गरेका छन्।

फिनल्यान्डका लागि यो जित यस वर्षको दोस्रो ठूलो युरो ज्याकपट पुरस्कार हो। यसअघि फेब्रुअरीमा काउहाभा (Kauhava) का एक खेलाडीले चालिस मिलिय‍न युरो जितेका थिए।

विज्ञापन
विज्ञापन सकियो

फिनल्यान्डको इतिहासमा सबैभन्दा ठूलो जित २०१९ मा सिलिन्यार्भी (Siilinjärvi) मा ५० जनाको समूहले जितेको नब्बे मिलियन अर्थात् ९ करोड १९ लाख युरो हो।

फिनल्यान्डमा रहेका नेपालीहरुले पनि युरो ज्याकपट चिट्ठा किन्ने गरेका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप