संग्रह गर्नुहोस्।
संग्रहित

फिनिश नेपाली समाजको भलिबल प्रतियोगिता सम्पन्न, खेलमा युवा आकर्षण बढ्दो

एस्पोमा भएको मैत्रीपूर्ण तर प्रतिस्पर्धात्मक प्रतियोगितामा पुरुषतर्फ फिनिश नेपाली समाज र महिलातर्फ हिमालयन स्पोर्ट्स क्लब विजयी भएका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • पुरुषतर्फको उपाधिमाथि फिनिस नेपाली समाजको ह्याट्रिक।
  • महिलातर्फ हिमालयन स्पोर्ट्स क्लब ‘रेड’ विजयी।
  • प्रतियोगितामा खेलाडी र दर्शकको उत्साहजनक उपस्थिति।

फिनल्यान्डको एस्पोस्थित लेप्पाभारामा आइतबार आयोजित फिनिस नेपाली समाज (FNS) भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। नेपाली समुदायबीच खेलकुद मार्फत भाइचारा र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फका टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो।

घम्साघम्सीपूर्ण फाइनल खेलमा हिमालयन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आयोजक फिनिस नेपाली समाजको टिमले पुरुषतर्फको उपाधिमाथि लगातार तेस्रो पटक कब्जा जमाएको छ। उपविजेता बनेको हिमालयन स्पोर्ट्स क्लब ‘रेड’ ले पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।

महिलातर्फको उपाधि हिमालयन स्पोर्ट्स क्लब ‘रेड’ ले जितेको छ। कुल तीन टिमको सहभागिता रहेको महिला स्पर्धामा फिनिस नेपाली समाजको टिम उपविजेता बन्यो।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, कप तथा मेडल प्रदान गरिएको थियो। पुरुषतर्फको विजेता फिनिस नेपाली समाजले ६०० युरो नगद, कप र मेडल प्राप्त गर्यो भने उपविजेता हिमालयन स्पोर्ट्स क्लबले ४०० युरो नगद र मेडलमा चित्त बुझायो।

विज्ञापन

महिलातर्फको विजेता हिमालयन स्पोर्ट्स क्लब ‘रेड’ ले ३०० युरो नगद, कप र मेडल प्राप्त गर्यो। महिलातर्फ तीन टिमको मात्र सहभागिता भएकाले दोस्रो पुरस्कारको व्यवस्था नगरिए पनि उपविजेता टिमलाई मेडलद्वारा सम्मान गरिएको थियो।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो। हिमालयन स्पोर्ट्स क्लबका नारायण थापा ‘इमर्जिङ प्लेयर’ र ‘बेस्ट स्पाइकर’ घोषित भए। त्यसैगरी फिनिस नेपाली समाजका विशाल खरेल ‘सर्वोत्कृष्ट खेलाडी’ र सोही टिमका रामचन्द्र भण्डारी ‘बेस्ट सेटर’ चुनिए।

कोक्कोलाको युनिटी स्पोर्ट्स क्लबले ‘फेयर प्ले’ टिमको उपाधि हात पार्यो। महिलातर्फ हिमालयन स्पोर्ट्स क्लबकी संस्कृति खरेल ‘उत्कृष्ट खेलाडी’ बनिन्।

आयोजकका अनुसार भलिबल खेलमा फिनल्यान्डमा रहेको नेपाली युवा पुस्ताको विशेष आकर्षण देखिएको छ।

कुनै समय खुला चौरमा आयोजना हुने यो प्रतियोगिताको लामो इतिहास रहेको र अहिले आएर व्यवस्थित स्पोर्ट्स हलमा आयोजना हुन थालेको फिनिल नेपाली समाजका सुरज भट्टराईले नेपालीलाइनेनलाई बताए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

कार्यक्रममा भान्ता नगरपालिकाका नगर सदस्य शेखर आचार्य, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव तथा कलाकार श्रीस देवकोटा र फिनिस नेपाली समाजका सल्लाहकार सदस्यहरु ज्योति खरेल र नन्दनान्दन भट्टराई (नविन) लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य प्रायोजन गरेको माउन्ट एभरेष्ट रेस्टुरेन्टका सञ्चालक हेमराज शर्मा र सुनिता शर्मा पनि उपस्थित थिए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

मोमो म्याजिक कार्यक्रमको फुड पार्टनरको रुपमा रहेको थियो भने अन्य प्रायोजक तथा सह-प्रायोजकहरूमा सिद्धार्थ रेस्टुरेन्ट ह्यामेन्लिन्ना, रेस्टुरेन्ट ठमेल एस्पो, सोलु मार्केट र रेस्टुरेन्ट इन्दुस हेलसिन्की रहेका थिए। सोलु मार्केटका संचालक सुमन खड्का, मोमो म्याजिकका गान्दिप केसी लगायत पनि कार्यक्रममा उपस्थित थिए।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप