संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको भासा सहरमा भव्य दशैं कार्यक्रम, सांस्कृतिक प्रस्तुति र सम्मान पनि समावेश

कार्यक्रममा भासा मात्र नभई अन्य सहरबाट काम विशेषले पुगेका नेपालीहरूको पनि उपस्थिति रहेको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • भासामा दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न।
  • कार्यक्रममा १५० जनाभन्दा बढी नेपालीहरूको उपस्थिति।
  • सांस्कृतिक प्रस्तुति, नेपाली परिकार र सम्मान कार्यक्रम समावेश।

फिनल्यान्डको भासा सहरमा हिजो शनिवारका दिन दशैं विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। भासा नेपाली री (Vaasan Nepali Ry) को आयोजनामा भएको उक्त कार्यक्रममा भासा तथा अन्य सहरबाट आएका १५० जनाभन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एक दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुतिहरू, नेपाली भोजन, र डीजे डान्स जस्ता गतिविधिहरू प्रस्तुत गरिएको थियो। यसले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्दै दशैंको उमङ्ग थपेको थियो। कार्यक्रमको सञ्चालन निशा केसी र शरद मरासैनीले गरेका थिए।

कार्यक्रममा संस्थाका भूतपूर्व बोर्ड सदस्यहरूलाई सम्मान गरिएको थियो भने फिनल्यान्डका विभिन्न विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

संस्थाका अध्यक्ष बालकृष्ण पाण्डे नेपालमा रहेका कारण कार्यक्रम उपाध्यक्ष किरण महर्जनको अध्यक्षतामा सम्पन्न भएको आयोजकले जनाएको छ।

विज्ञापन

फिनल्यान्डमा लामो समयदेखि बस्दै आएका विनोद तिमल्सिनाले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए। उनले यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली समुदायलाई बलियो बनाउन र संस्कृतिको प्रवर्धन गर्न प्रोत्साहन पुग्ने बताएका थिए।

कार्यक्रममा संस्थाका भूतपूर्व बोर्ड सदस्यहरूलाई सम्मान गरिएको थियो भने फिनल्यान्डका विभिन्न विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

“यस्ता कार्यक्रमहरूले विदेशमा बस्दा हुने घरको याद केही हदसम्म कम गर्ने मात्र नभई हामी सांस्कृतिक रूपमा कति धनी छौं भन्ने कुरामा गर्व महसुस हुन्छ,” संस्थाका सल्लाहकार तथा भासा युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेसर निरञ्जन सापकोटाले बताए।

कार्यक्रममा भासा मात्र नभई अन्य सहरबाट काम विशेषले पुगेका नेपालीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा हाउजि (बिङ्गो) खेलले थप मनोरञ्जन दिएको थियो।

संस्थाका सचिव सुमन बस्नेतले आगामी दिनमा अझ बढी नेपाली समुदायलाई समेटेर उत्कृष्ट ढङ्गले कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी दिए। कोषाध्यक्ष दीपक श्रेष्ठले संस्थाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै खेलकुद, मनोरञ्जन र सांस्कृतिक क्षेत्रलाई आधार बनाएर अघि बढ्ने बताए।

भासा सेन्ट्रल लाइब्रेरि हलमा दिउँसो २ बजे सुरु भएको कार्यक्रम बेलुका ११ बजेसम्म चलेको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
फोटोः भासा नेपाली रि
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप