संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा व्यवसाय गर्ने आप्रवासीलाई १० हजार युरोसम्मको अनुदान, यस्ता छन् सर्त

आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा स्टार्ट अप रिफ्युजिज्‌ले आप्रवासी उद्यमीहरूलाई अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार अनुदान दिने घोषणा गरेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • आप्रवासी उद्यमीलाई ५,००० देखि १०,००० युरोसम्मको अनुदान प्रदान गरिने।
  • फिनल्यान्डमा १० वर्षभन्दा कम बसेकाहरूले आवेदन दिन सक्ने।
  • आवेदन दिने अन्तिम मिति ३० सेप्टेम्बर २०२५ सम्म।

फिनल्यान्डमा आफ्नो व्यवसाय सुरु गर्न वा विस्तार गर्न चाहने आप्रवासी तथा शरणार्थी उद्यमीहरूका लागि एउटा नयाँ अवसर आएको छ। स्टार्ट अप रिफ्युजिज् (Startup Refugees) नामक संस्थाले आफ्नो १० औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘बिजनेस ग्रान्ट’ को चौथो संस्करण घोषणा गरेको हो।

यस वर्ष ३ देखि ५ जना उद्यमीलाई ५,००० देखि १०,००० युरोसम्मको अनुदान प्रदान गरिनेछ, जुन अहिलेसम्मकै उनीहरूले प्रदान गरेको सबैभन्दा ठूलो रकम हो।

पहिले यो अनुदान संस्थाको उद्यमशीलता तालिम पूरा गरेकाहरूका लागि मात्र सीमित थियो। तर यस वर्ष फिनल्यान्डमा १० वर्षभन्दा कम समयदेखि बसोबास गरिरहेका सबै आप्रवासी तथा शरणार्थी उद्यमीहरूले आवेदन दिन सक्नेछन्।

यसले धेरै नयाँ विचार, आवाज र उद्यमशीलतालाई सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ।

विज्ञापन

फिनल्यान्डमा रहेका र व्यवसाय गर्ने सोच बनाएका नेपालीहरूका लागि पनि यो एक राम्रो अवसर हुन सक्छ। इच्छुक उद्यमीहरूले सेप्टेम्बर ३०, २०२५ भित्र आवेदन दिन सक्नेछन्। आवेदन फारम फिनिस वा अंग्रेजी भाषा भर्न सकिन्छ र यो लिङ्कमा उपलब्ध छ।

फिनल्यान्डमा १० वर्षभन्दा कम समयदेखि बसोबास गरिरहेका सबै आप्रवासी तथा शरणार्थी उद्यमीहरूले आवेदन दिन सक्नेछन्।

विगतका विजेताहरूको सफलता

गत वर्ष करिब ३० आवेदन परेका थिए भने चार उद्यमीलाई अनुदान दिइएको थियो। उक्त सहयोगले उनीहरूको व्यवसायमा ठूलो प्रगति भएको स्टार्ट अप रिफ्युजिजले उल्लेख गरेको छ।

हेलसिन्कीमा टुर गाइडको काम गर्ने जाना बालिकीले अनुदानको रकम मार्केटिङ र अनलाइन बुकिङ प्रणाली सुधार गर्न प्रयोग गरे। यसले उनको व्यापारमा ६० प्रतिशतले वृद्धि भयो र उनले ५० भन्दा बढी नयाँ फाइभ-स्टार समीक्षाहरू पाए।

त्यस्तै जापानी कलाबाट आधुनिक गहना बनाउने नात्सुकी होसियोले अनुदानबाट आफ्नो वेबसाइट र उत्पादनको फोटोग्राफीमा लगानी गरिन्। यसले उनको बिक्री २५ प्रतिशतले बढायो र उनले हेलसिन्की र ताम्पेरेका ठूला कार्यक्रमहरूमा सहभागी हुने अवसर पाइन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

एक सरसफाइ कम्पनी चलाउने आन्तोनी मुल्याथीले अनुदानको पैसाले नयाँ मेसिनहरू किने र विज्ञापनमा खर्च गरे। बजार सुस्त भए पनि उनले नयाँ ग्राहकहरू पाउन सफल भए।

त्यसैगरी मेसापोटामिया नामक डेलिभरी सेवाका साइफुल्ला अल्ब्राजान्चीले अनुदानको रकम नयाँ वेबसाइट बनाउन प्रयोग गर्दैछन्। यसले उनको व्यवसायलाई व्यावसायिक र व्यवस्थित बनाउने अपेक्षा छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप