संग्रह गर्नुहोस्।
संग्रहित

भर्ना नपाएका विद्यार्थीलाई ‘भर्ना भएको’ इमेल, हागा-हेलियाले माग्यो माफी

हागा-हेलिया अप्लाइड साइन्सेस विश्वविद्यालयले भर्ना नभएका विद्यार्थीलाई गल्तीले 'भर्ना भएको' इमेल पठाएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • ४६ जना आवेदकले पाए भर्ना भएको गलत सन्देश।
  • मानवीय त्रुटिका कारण गल्ती भएको विश्वविद्यालयको भनाइ।
  • आधिकारिक नतिजा भने सुरक्षित र सही रहेको दाबी।

फिनल्यान्डको हागा-हेलिया अप्लाइड साइन्सेस विश्वविद्यालयले बिहीबार ४६ जना आवेदकलाई गल्तीले ‘भर्ना पाएको’ इमेल पठाएको घटना सार्वजनिक भएको छ। उक्त इमेलका कारण भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरूमा केही समय अन्योल छाएको थियो।

गलत इमेल पाउनेहरू वसन्त ऋतुको जोएन्ट आवेदन अन्तर्गत ‘बिजनेस टेक्नोलोजी’ कार्यक्रममा आवेदन दिनेहरू थिए। तर उनीहरू वास्तवमा अध्ययनका लागि छनौट भने भएका थिएनन्।

विश्वविद्यालयका अध्ययन मामिला निर्देशक साइया सोक्काले यसलाई मानवीय त्रुटि भनेकी छन्।

“हामीबाट मानवीय गल्ती भयो, जसका लागि हामी क्षमाप्रार्थी छौं,” उनले प्रेस विज्ञप्तीमा भनेकी छन्।

विज्ञापन

गल्ती थाहा पाउनेबित्तिकै विश्वविद्यालयले गलत इमेल पाउने सबैलाई व्यक्तिगत रूपमा सम्पर्क गरेको थियो। सोक्काका अनुसार भर्ना निर्णय आफैंमा गलत थिएन।

छनोट भएकाहरूलाई पठाउनुपर्ने सन्देश गलत इमेल ठेगानामा पठाइएको विश्वविद्यालयले जनाएको छ। ती सन्देशहरूमा कुनै पनि व्यक्तिगत विवरण भने समावेश थिएन।

फिनल्यान्डको राष्ट्रिय भर्ना पोर्टल Studyinfo मा भने विवरण गलत नभएको बताइएको छ। विद्यार्थीहरूले त्यहाँ आफ्नो आधिकारिक नतिजा हेर्न सक्छन्।

फिनल्यान्डमा उच्च शिक्षाका लागि सामान्यतया वर्षमा दुई पटक संयुक्त भर्ना (Joint Application) खुलाइन्छ। सबै विश्वविद्यालयहरूको भर्ना प्रक्रिया Studyinfo नामक राष्ट्रिय अनलाइन प्रणालीमार्फत व्यवस्थित गरिन्छ।

हागा-हेलिया फिनल्यान्डका प्रमुख अप्लाइड साइन्सेस विश्वविद्यालयहरूमध्ये एक हो। यसका क्याम्पसहरू हेलसिन्की लगायत अन्य सहरहरूमा पनि छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हागा-हेलियाका विभिन्न क्याम्पसहरूमा धेरै नेपाली विद्यार्थीहरूले पनि बिजनेस र सूचना प्रविधिजस्ता विषयहरू अध्ययन गर्दै आएका छन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप