विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

दक्षिण युरोपमा प्रचण्ड गर्मी: यो साता तापक्रम ४२ डिग्री पुग्ने

यता फिनल्यान्डमा चिसो समर भइरहँदा, दक्षिण युरोपका स्पेन, पोर्चुगल र इटालीमा भने चर्को गर्मीले मानिसहरूलाई हैरान पारेको छ।

.संक्षेपमा.


  • रोममा तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुग्यो।
  • पोर्चुगलको लिस्बनमा आइतबार ४२ डिग्रीको अनुमान।
  • फ्रान्सको मार्सेलेमा सार्वजनिक पौडी पोखरीहरू नि:शुल्क खुला गरियो।

उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन्। विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ।

इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो।

यस्तै पोर्चुगलको दुई-तिहाई भू-भाग अत्यधिक गर्मी सामना गरिरहेको छ, र डढेलोको उच्च जोखिममा रहेको पनि जनाइएको छ। राजधानी लिस्बनमा आइतबारसम्म तापक्रम ४२ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान छ।

स्पेनमा पनि अधिकांश भू-भागमा ४० डिग्री सेल्सियस भन्दा माथिको तापक्रम पुग्ने अपेक्षा गरिएको छ।

स्वीडेनको विदेश मन्त्रालयले स्पेनमा रहेका आफ्ना पर्यटकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

विज्ञापन
विज्ञापन सकियो

स्पेनमा पनि अधिकांश भू-भागमा ४० डिग्री सेल्सियस भन्दा माथिको तापक्रम पुग्ने अपेक्षा गरिएको छ।

फ्रान्सको दक्षिणी शहर मार्सेलेमा स्थानीय प्रशासनले जनताको सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक पौडी पोखरीहरू नि:शुल्क प्रयोगका लागि खुला गरेको छ। यहाँ पनि तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्ने अनुमान गरिएको छ

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप