संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा मान्छे जस्तै देखिने रोबोटको बिक्री सुरु, यस्तो छ मूल्य

मानव आकारका यी रोबोटहरू अब फिनल्यान्डका कम्पनी, अनुसन्धान संस्था र सर्वसाधारणले समेत किन्न सक्नेछन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • चिनियाँ कम्पनी युनिट्रीले बनाएको ‘G1’ मोडलको रोबोटको फिनल्यान्डमा बिक्री सुरु।
  • रोबोटको मूल्य सुविधा अनुसार २०,००० देखि १३०,००० युरोसम्म पर्ने।
  • मानिसले गर्ने तर समय लाग्ने कामहरूमा सघाउने अपेक्षा।

फिनल्यान्डको बजारमा पहिलो पटक मानिस जस्तै देखिने ह्युमनोइड रोबोटको बिक्री व्यावसायिक रूपमा सुरु भएको छ। यी रोबोटहरू कृत्रिम बौद्धिकता (Artificial Intelligence) द्वारा सञ्चालित हुन्छन् र दुई खुट्टाले हिँड्न तथा हातले वस्तुहरू समात्न सक्छन्।

यी रोबोट फिनल्यान्डमा आयात गर्ने कम्पनी प्रोबोट (Probot Oy) का प्रमुख कार्यकारी अधिकृत मात्ती तिकानमाकीले फिनल्यान्डको सार्वजनिक प्रसारक YLE लाई बताए अनुसार पहिलो चरणका केही रोबोटहरू शैक्षिक तथा अनुसन्धान संस्थाहरूलाई बिक्री गरिसकिएको छ।

उनले एकजना निजी व्यक्तिको लागि समेत यस्तो रोबोटको परियोजनामा काम भइरहेको बताएका छन्।

बिक्रीमा राखिएको चिनियाँ ‘युनिट्री G1’ (Unitree G1) मोडलको रोबोटलाई ग्राहकको आवश्यकता अनुसार निश्चित काम गर्नका लागि फिनल्यान्डमै प्रोग्रामिङ गरिन्छ।

विज्ञापन

तिकानमाकीका अनुसार यस्ता रोबोटको मुख्य उद्देश्य मानिसले आफ्नो समय खर्च गर्न नपर्ने कामहरूलाई विस्थापित गर्नु हो।

उदाहरणका लागि स्वास्थ्य सेवा क्षेत्रमा सामान ओसारपसार गर्ने, ट्रली धकेल्ने, तौलिया बाँड्ने वा खाली भाँडाहरू सङ्कलन गर्ने जस्ता काममा यी रोबोट प्रयोग गर्न सकिन्छ।

“कुन काम रोबोटको हो र कुन मानिसको हो भनेर हामी तीव्र गतिमा छुट्याउँदैछौं,” तिकानमाकी भन्छन्।

चुनौती छन् बाँकी

यद्यपि केही विज्ञहरू यी रोबोटको तत्काल उपयोगिताप्रति पूर्ण रूपमा विश्वस्त छैनन्। औलु विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता युहा रोनिङ ह्युमनोइड रोबोटले अन्ततः के गर्न सक्छ भन्नेमा अलि निराशावादी रहेको बताउँछन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हाल यी रोबोटहरू निश्चित वातावरणमा साधारण काम मात्र गर्न सक्छन्। ब्याट्री क्षमता पनि एउटा मुख्य चुनौती हो।

प्राध्यापक रोनिङले चीनमा हालै सम्पन्न विश्व रोबोट सम्मेलनमा यस्ता रोबोटले म्याराथन दौडिएको देखेको बताउँदै प्रविधिको विकास तीव्र गतिमा भइरहेको स्वीकार गरेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

आगामी केही वर्षभित्रै ह्युमनोइड रोबोटहरू उद्योग, घर र सार्वजनिक स्थानहरूमा सामान्य बन्नेमा तिकानमाकी भने विश्वस्त छन्। उनले कृत्रिम बौद्धिकता र रोबोटिक्सले रोजगारीमा पार्ने प्रभावबारे बृहत् सामाजिक बहस हुनुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप