संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा धेरै आमाबाबु एकभन्दा बढी सन्तान नजन्माउने ‘मुड’मा, कारण छ यस्तो

थकान र आधुनिक जीवनशैलीको दबाबका कारण फिनल्यान्डका नयाँ आमाबाबु एकभन्दा बढी सन्तान जन्माउन नचाहेको एक अध्ययनले देखाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • गत वर्ष आमाबाबु बनेका आधाभन्दा कमले मात्रै थप सन्तान चाहेको बताए।
  • पैसा वा घरभन्दा पनि थकानका कारण परिवारहरू बच्चा पाउन अनिच्छुक।
  • फिनल्यान्डको जन्मदर अपेक्षाभन्दा छिटो घटिरहेको सरकारी प्रतिवेदनले देखायो।

फिनल्यान्डमा गरिएको एक नयाँ सर्वेक्षणले यहाँका नयाँ आमाबाबुहरू एकभन्दा बढी सन्तान जन्माउन हिच्किचाइरहेको देखाएको छ। उनीहरूले यसको मुख्य कारण पैसा वा घरको समस्या नभई अत्यधिक थकान भएको बताएका छन्।

आधुनिक अभिभावकत्वको दबाब र अर्को बच्चा हुर्काउन सक्ने क्षमतामा शङ्काका कारण धेरैले एउटै सन्तानमा चित्त बुझाउन खोजेको देखिन्छ।

फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयर (THL) ले गरेको सर्वेक्षणअनुसार गत वर्ष आमाबाबु बनेकामध्ये ४४ प्रतिशतले मात्रै अर्को सन्तान चाहेको बताएका हुन्। यो सन् २०२० को सर्वेक्षणभन्दा ५ प्रतिशतले कम हो।

सर्वेक्षणमा लगभग १२,००० अभिभावकहरूलाई सामेल गरिएको थियो, जसमा ७,५०० भन्दा बढी आमा र ४,५०० बुबाहरू थिए।

विज्ञापन

धेरै आमाबाबुले अर्को बच्चा हुर्काउन सक्नेमा शंका व्यक्त गरेका छन्।

धेरै आमाबाबुले अर्को बच्चा हुर्काउन सक्नेमा शंका व्यक्त गरेका छन्।

सन् २०२५ को एक सरकारी प्रतिवेदनअनुसार फिनल्यान्डको जन्मदर यो दशकमा अपेक्षा गरेभन्दा तीव्र गतिमा घटेको छ। विशेषगरी पहिलो पटक बच्चा जन्माउनेहरूको संख्यामा आएको कमीले यसमा ठूलो प्रभाव पारेको छ।

यो वर्षको पहिलो नौ महिनामा भने जन्मदरमा सामान्य वृद्धि देखिएको छ, जसले लामो समयदेखिको निराशाजनक तथ्याङ्कमा केही आशा जगाएको छ।

फिनल्यान्डको तथ्याङ्क विभागका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा गत वर्षको सोही अवधिको तुलनामा १,३०० बढी शिशुहरू जन्मिएका छन्।

पछिल्लो १२ महिनाको कुल प्रजनन दर (Total Fertility Rate) १.२८ पुगेको छ, जुन २०२३ र २०२४ को भन्दा बढी हो। तर, यो अझै पनि फिनल्यान्डको २५० वर्षको इतिहासमा तेस्रो सबैभन्दा कम हो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप