संग्रह गर्नुहोस्।
संग्रहित

इजराइलः विपिन जोशी जीवित छन् भन्ने कुनै संकेत छैन

जोशी हमासले इजराइलमा गरेको अक्टोबर ७, २०२३ को भीषण आक्रमण भन्दा एक महिना अघि मात्र इजरायल पुगेका थिए। उनको कृषिमा गहिरो रुचि थियो र नयाँ सीप र ज्ञानका साथ नेपाल फर्कन आतुर थिए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • विपिन जोशी र अन्य २ बन्धकको अवस्थाबारे इजरायली सरकारले व्यक्त गर्‍यो गम्भीर चिन्ता।
  • युद्ध सुरु भए देखिनै यी तीन बन्धकहरू अझै जीवित छन् भन्ने कुनै सङ्केत प्राप्त भएन।
  • इजरायली अधिकारीहरूले औपचारिक रूपमा विपिन जोशीलाई मृत घोषित गरेका भने छैनन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासद्वारा गाजा पट्टीमा बन्दी बनाइएका २१ बन्धकहरू जीवित रहेको र अन्य तीन बन्धकहरूको अवस्थाप्रति गम्भीर आशङ्का रहेको पुष्टि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो हप्ता २४ बन्धक जीवित रहेको बताएका थिए, तर मङ्गलवार ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै उनले “आजको मितिसम्म २१ बन्धक जीवित छन्, तीन जनाको मृत्यु भएको छ” भनेका थिए। उनले मृत्यु हुने को-को हुन भनेर खुलाएका भने थिएनन्।

ट्रम्पको उक्त भनाई पछि बन्धक परिवारहरूलाई धेरै विचलित पार्ने खाले टिप्पणीहरू आए। उदाहरणका लागि ट्रम्पको भनाइसँग मेल नखाने कुरा इजराइलकै केही अधिकारीहरूले गरे र कोही कोहीले त २४ जना बन्धक नै जीवित रहेको बताए।

धेरै विरोधाभासपूर्ण जानकारी पछि जारी गरिएको आधिकारिक वक्तव्यमा इजराइलले स्पष्ट पार्‍यो: “हाल हमासले ५९ जना बन्धकहरूलाई कब्जामा राखेको छ। तीमध्ये ३५ जना मृत घोषित गरिएका छन्—३२ इजरायली र तीन विदेशी नागरिक।”

विज्ञापन

“इजरायलसँग उपलब्ध जानकारी अनुसार २१ जना बन्धकहरू जीवित रहेको पुष्टि भएको छ, र अन्य तीन जनाको जीवनको बारेमा गम्भीर चिन्ता छ जसबाट युद्धको सुरुवातदेखि नै कुनै जीवनको सङ्केत प्राप्त भएको छैन।” एकजना इजराइली अधिकारीले टाइम्स अफ इजराइललाई बताएका छन्। “तीमध्ये एक इजरायली र दुई विदेशी नागरिक छन्।” दुई विदेशी नागरिकमध्ये एक जना थाई नागरिक हुन् भने अर्का नेपालका विपिन जोशी हुन्।

इजरायली जनताले बिपिन जोशीलाई राम्ररी चिन्छन्। उनको सुरक्षित फिर्तीका लागि इजरायली नागरिकहरू अझै पनि बिपिन जोशीको तस्विरसहित प्रदर्शन गरिरहेका छन्।

श्मुलिक अरी बास, नेपालका लागि इजरायली राजदूत

नेतान्याहुले पनि एक भिडियो सन्देशमा त्यस्तै भने। “हामीलाई निश्चित रूपमा थाहा छ कि २१ जना जीवित छन्। अन्य तीन जनाको बारेमा हामी अनिश्चित छौँ—तर हामी निश्चितताका साथ भन्दैछौँ २१ जना। आशा त हामीलाई सबैको छ—ती तीन जनाको पनि।” नेतान्याहुले भने।

विपिन जोशीलाई अक्टोबर ७ मा इजराइलको किबुत्ज अलुमिमबाट अपहरण गरिएको थियो। जब हमास आक्रमणकारीले ग्रिनेड फाले, उनले पनि अरूसँग सुरक्षित कोठामा आश्रय लिएका थिए। जोशीले पहिलो ग्रिनेड बाहिर फ्याँकेर धेरैको ज्यान बचाए, तर दोस्रो ग्रिनेडले उनी र अन्यलाई बेहोस बनायो। उनलाई थाई कृषि कामदारहरूसँगै अपहरण गरिएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

जोशी हमासले इजराइलमा गरेको अक्टोबर ७, २०२३ को भीषण आक्रमण भन्दा एक महिना अघि मात्र इजरायल पुगेका थिए। उनको कृषिमा गहिरो रुचि थियो र नयाँ सीप र ज्ञानका साथ नेपाल फर्कन आतुर थिए।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासले गत अप्रिल २८ मा गोरखापत्रसँगको एक अन्तर्वार्तामा “बिपिन जोशीको सुरक्षित रिहाइका लागि प्रयास जारी छ।” भनेका थिए। उनले बिपिन जोशीको सुरक्षित फिर्तीका लागि इजरायली सरकारलाई पहल गर्न आग्रह गरेको पनि बताएका थिए। हमासलाई बन्धकहरू रिहा गर्न बाध्य पार्न पनि इजरायल सरकारले सैन्य दबाब कायम राखिरहेको उनले बताए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

“इजरायली जनताले बिपिन जोशीलाई राम्ररी चिन्छन्,” राजदूत बासले भनेका थिए। “उनको सुरक्षित फिर्तीका लागि इजरायली नागरिकहरू अझै पनि बिपिन जोशीको तस्विरसहित प्रदर्शन गरिरहेका छन्”।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप