संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको पोरीमा के-मार्केट जलेर सखाप, आगजनीको आशंकामा एक पुरुष पक्राउ

फिनल्यान्डको पोरीस्थित कोइभिस्तोन पुइस्तिकोमा रहेको के-मार्केटमा बिहीबार बिहान भीषण आगलागी हुँदा भवन लगभग पुरै जलेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • भीषण आगलागीले के-मार्केटको भवन पूर्णरूपमा ध्वस्त।
  • गम्भीर आगजनीको आशंकामा एक व्यक्ति प्रहरीको नियन्त्रणमा।
  • आगलागीका कारण वरपरका बासिन्दालाई घरभित्रै बस्न सुझाव।

फिनल्यान्डको दक्षिण-पश्चिमी शहर पोरीमा रहेको कोइभिस्टोन पुइस्तिक्को के-मार्केट आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको छ। प्रहरीले घटनालाई नियोजित आगजनी भएको आशंका गर्दै एक व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

बिहीबार बिहान करिब ४:५० बजे पसलको छतबाट आगो सुरु भएको थियो। केही समयमै आगोले पुरै भवनलाई चपेटामा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि ‘गम्भीर आगजनी’ को अभियोगमा अनुसन्धान भइरहेको छ। फिनल्यान्डको कानुन अनुसार यस्तो अपराध प्रमाणित भएमा २ देखि १० वर्षसम्मको जेल सजाय हुन सक्छ।

पसलकी सञ्चालक सारा ताइनियोले फिनिस भाषाका स्थानीय मिडियालाई दिएको प्रतिक्रियामा घटनालाई अविश्वसनीय र डरलाग्दो भएको बताएकी छिन्। कसैले किन आफ्नो पसल जलाउन चाह्यो भनेर आफूले बुझ्नै नसकेको उनको प्रतिक्रिया छ।

विज्ञापन

ताइनियो र उनका पार्टनरले गत अप्रिलदेखि मात्र यो पसल सञ्चालन गर्न थालेका थिए।

आगो नियन्त्रणका लागि बिहानभर अग्नि नियन्त्रकहरू खटिएका थिए। आगलागीबाट स्वास्थ्यका लागि हानिकारक धुवाँ फैलिएकाले वरपरका बासिन्दालाई झ्याल-ढोका बन्द गरी घरभित्रै बस्न चेतावनी पनि दिइएको थियो।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन। अग्नि नियन्त्रकहरूले पसलको भवनमा रहेका केही सामान र मेसिनहरू भने जोगाउन सफल भएका थिए।

ताइनियो र उनका पार्टनरले गत अप्रिलदेखि मात्र यो पसल सञ्चालन गर्न थालेका थिए।

आगलागी भएको भवनमा एउटा मर्मतसम्भार कम्पनीको कार्यालय पनि रहेको थियो। आगलागी पछि सो क्षेत्रको जनजीवन केही समय प्रभावित बनेको थियो।

अब यो पसल पुन: सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय के-मार्केटको मातृ कम्पनी केस्को (Kesko) ले गर्नेछ। ताइनियो दम्पतीको पोरीमा अर्को पनि के-मार्केट रहेको र उक्त पसल भने सामान्य रूपमै सञ्चालनमा रहेको जनाइएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप