संग्रह गर्नुहोस्।
संग्रहित

गाडीमा ‘स्पीड क्यामेरा’ छल्न ‘रेडार डिटेक्टर’, फिनिस प्रहरीले तिरायो ३,२०० युरो जरिवाना 

'रेडार डिटेक्टर' भएपछि तीव्र गतिमा चलाउँदा पनि पक्राउ परिँदैन भन्ने गलत सोच छ। तर प्रहरीले रेडारबाहेक अन्य विधिबाट पनि गतिको निगरानी गरिरहेको हुन्छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • गाडीमा अवैध ‘रेडार डिटेक्टर’ राखेबापत ३,२०० युरो (करिब ४ लाख ६० हजार रुपैयाँ) जरिवाना
  • फिनल्यान्डमा यस्ता अवैध उपकरणहरूको प्रयोग बढ्दो क्रममा।
  • प्रहरीले तीव्र पार्यो निगरानी र कारबाही।

फिनल्यान्डमा तीव्र गतिमा गाडी चलाउने चालकहरूले गति नाप्ने क्यामेरा (स्पिड क्यामेरा) बाट बच्न प्रयोग गर्ने एक अवैध उपकरणको प्रयोग बढ्दै गएको प्रहरीले जनाएको छ। हालै क्युमेनलाक्सो क्षेत्रका एक ६० वर्षीय पुरुषले यस्तो उपकरण प्रयोग गरेबापत ठूलो जरिवाना तिर्नुपरेको छ।

प्रहरीले ती व्यक्तिको गाडीबाट ‘रेडार डिटेक्टर’ उपकरण फेला पारेको थियो। करिब ५०० युरो मूल्य पर्ने उक्त अवैध उपकरण प्रयोग गरेबापत उनलाई आयमा आधारित २० दिन बराबरको जरिवाना तोकिएको थियो। उनको आय उच्च भएकाले जरिवाना रकम कुल ३,२२० युरो हुन पुग्यो।

जरिवाना रकम हजारौं युरोसम्म

क्युमेनलाक्सोका यी चालक मात्रै होइनन् अन्य धेरैले पनि यस्तो अवैध उपकरण प्रयोग गरेबापत हजारौं युरो जरिवाना तिरेका छन्। यसको प्रयोग यति तीव्र गतिमा बढेको छ कि प्रहरीले गत फेब्रुअरीमा यसबारे सार्वजनिक रूपमै चेतावनी दिएको थियो। सामान्यतया गाडीमा यस्तो उपकरण भेटिएमा त्यसलाई जफत गरी नष्ट गरिन्छ र चालकलाई जरिवाना गरिन्छ।

आयको आधारमा निर्धारण हुने भएकाले २० दिन बराबरको जरिवाना निकै महँगो पर्न सक्छ। केही समयअघि एक ४० वर्षीया महिला गाडीको सनभाइजरमा लुकाएर राखेको यस्तो उपकरणसहित पक्राउ परेकी थिइन्। उनले प्रहरीलाई देखेपछि लुकाउने प्रयास गरे पनि सफल भइनन् र उनलाई एक हजार युरोभन्दा बढी जरिवाना तिराइयो।

विज्ञापन

प्रहरीको तथ्यांकअनुसार पाँच वर्षअघि यस्ता १३६ वटा घटना दर्ता भएका थिए भने गत वर्ष यो संख्या बढेर २०७ पुगेको छ। यसले राष्ट्रव्यापी रूपमै यसको प्रयोग बढिरहेको देखाउँछ।

जानीजानी कानुनको उल्लंघन

प्रहरीको अनुमानमा केहीले अज्ञानताका कारण यस्तो उपकरण प्रयोग गर्छन् भने केहीले लापरवाही र जानीजानी कानुन तोड्ने उद्देश्यले राख्ने गरेका छन्। उनीहरू ‘रेडार डिटेक्टर’ भएपछि तीव्र गतिमा चलाउँदा पनि पक्राउ परिँदैन भन्ने गलत सोच राख्छन्। तर प्रहरीले रेडारबाहेक अन्य विधिबाट पनि गतिको निगरानी गरिरहेको हुन्छ।

धेरैले यस्तो अवैध उपकरण प्रयोग गरेबापत हजारौं युरो जरिवाना तिरेका छन्।

कतिपय चालकहरू भने आफ्नो महँगो उपकरण सजिलै बुझाउन तयार हुँदैनन्। गत मार्चमा एक ५० वर्षीय पुरुषले आफ्नो गाडीमा रहेको उपकरणको तारलाई ‘चार्जरको तार’ भन्दै ढाँट्ने प्रयास गरेका थिए। तर प्रहरीले गाडीको आर्मरेस्टभित्र लुकाइएको उक्त उपकरण फेला पारेको थियो। ती व्यक्तिले उपकरण आफ्नो नभएको दाबी गरे तापनि उनलाई आयको आधारमा ६२० युरो जरिवाना गरिएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप