संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको बाल पुस्तक पठनमा कीर्तिमान, एक वर्षमै लाइब्रेरीबाट लगियो ४ करोड पुस्तक

बालबालिकाको जनसंख्या घट्दो क्रममा रहेको भए तापनि पुस्तक पठनको दर भने वार्षिक १०% ले बढेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • गत वर्ष ३.८ करोड बाल पुस्तकहरू पुस्तकालयबाट लगिए।
  • ७५% नगरपालिकाहरूमा बाल पुस्तक पठनमा वृद्धि।
  • विद्यालय र बाल विकास केन्द्रहरूसँगको सहकार्यले पठन संस्कृति बढायो।

फिनल्यान्डका सार्वजनिक पुस्तकालयहरूमा बाल पुस्तकको पठनमा अभूतपूर्व वृद्धि भएको छ। उतिस सुओमालाइनेन (USU) को रिपोर्ट अनुसार गत वर्ष मात्र ३.८ करोड बाल पुस्तकहरू पुस्तकालयबाट लगिएका छन्।

विगत दशकमा वार्षिक ३ करोड भन्दा कम पुस्तक लगिने गरेकोमा कोभिड-१९ पछिको समयमा यो संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

पश्चिम र मध्य फिनल्यान्ड क्षेत्रीय प्रशासन कार्यालयकी पुस्तकालय निरीक्षक योन्ना टोउकोनेनका अनुसार यो वृद्धिको पछाडि पुस्तकालयहरूले विद्यालय, बाल विकास केन्द्र र युवा निकायहरूसँग गरेको दीर्घकालीन सहकार्य रहेको छ।

पुस्तकालय र शैक्षिक संस्थाहरूबीचको सहकार्यले बालबालिकामा पठन संस्कृतिको विकास गरेको छ।

विज्ञापन

बालबालिकाको जनसंख्या घट्दो क्रममा रहेको भए पनि पुस्तक पठनको दर भने वार्षिक १०% ले बढेको देखिएको हो। यो वृद्धि सबै नगरपालिकामा एकसमान भने छैन। खासगरी स्थानीय सरकारको प्रयासले यसमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप