संग्रह गर्नुहोस्।
संग्रहित

नयाँ अध्ययन: फिनल्यान्डका विद्यालयहरूमा रङ्गभेद र जातीय भेदभाव व्याप्त

एक नयाँ अध्ययनले फिनल्यान्डका विद्यालयहरूमा विद्यालयको संरचनादेखि शिक्षक-विद्यार्थी सम्बन्धसम्म नस्लवाद गहिरोसँग जोडिएको देखाएको छ र यसको सामना गर्न स्रोतको अभाव रहेको औंल्याएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • फिनल्यान्डका निम्न माध्यमिक विद्यालयहरूमा जातीय भेदभाव व्यापक।
  • नस्लवादी ठट्टा, अपमानजनक शब्द, शिक्षण सामग्री र शिक्षकहरूको निष्क्रियतामा समेत देखिन्छ भेदभाव।
  • विद्यालयका कर्मचारीहरूलाई जातीय भेदभावविरुद्ध लड्न स्रोत, समय र व्यावहारिक ज्ञानको अभाव।

हेलसिन्की विश्वविद्यालयकी प्रोफेसर गुनिला होल्म र उनको टोलीले गरेको एक नयाँ अध्ययनले फिनल्यान्डका निम्न माध्यमिक विद्यालयहरूमा जातीय भेदभाव (नस्लवाद) व्याप्त रहेको देखाएको छ।

अध्ययनअनुसार विद्यालयको सामाजिक वर्ग, भाषा वा पृष्ठभूमि जेसुकै भएपनि विद्यालयमा नस्लवादले गहिरो जरा गाडेको पाइएको छ।

अध्ययनले देखाएअनुसार जातीय भेदभाव शिक्षण सामग्री जस्ता औपचारिक संरचनाहरूमा मात्र सीमित छैन। यो कर्मचारी र विद्यार्थीहरूबीच, विद्यार्थी-विद्यार्थीबीच र कर्मचारीहरू आपसमा हुने अन्तरक्रियामा पनि देखिन्छ।

प्रोफेसर होल्मका अनुसार नस्लवादी ठट्टाहरू, ‘एन-वर्ड’ जस्ता अपमानजनक शब्दहरूको प्रयोग, वा नाजी संकेत र हाउभाउ यसका केही उदाहरण हुन्।

विज्ञापन

शिक्षक वा विद्यालय प्रशासनले यस्ता घटनाहरूमा हस्तक्षेप नगर्दा वा त्यसलाई सामान्यीकरण गर्दा विद्यार्थीहरूको विद्यालयप्रतिको विश्वासमा गम्भीर असर पर्ने गरेको अध्ययनको जिकिर छ।

यो अध्ययन ६ वटा फिनिस-भाषी र स्विडिस-भाषी निम्न माध्यमिक विद्यालयका विद्यार्थी र कर्मचारीहरूसँगको अन्तर्वार्ता तथा अवलोकनमा आधारित थियो।

अध्ययनले विद्यालयका कर्मचारीहरूमा जातीय भेदभावविरुद्ध कडा कदम चाल्न आवश्यक स्रोत, व्यावहारिक ज्ञान र समयको अभाव रहेको पनि देखाएको छ।

नस्लवादविरुद्ध काम गर्ने कर्मचारीहरूले प्रायः अरूबाट समर्थन नपाउने र एक्लै काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

नस्लवादविरुद्ध काम गर्ने कर्मचारीहरूले प्रायः अरूबाट समर्थन नपाउने र एक्लै काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्। धेरै शिक्षकहरूले जातीय भेदभावलाई सम्बोधन गर्न स्पष्ट दिशानिर्देश र संस्थागत रणनीतिको आवश्यकता महसुस गरेका छन्।

फिनल्यान्डको हालको शैक्षिक नीतिले जातीय भेदभावका विभिन्न रूपहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको अध्ययनको निष्कर्ष छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डको राष्ट्रिय पाठ्यक्रमले समेत नस्लवादलाई एक जटिल सामाजिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक घटनाको रूपमा व्याख्या गर्न चुकेको अध्ययनमा बताइएको छ।

प्रोफेसर होल्मका अनुसार विद्यालयहरूमा के हुन्छ भन्ने कुराले समाजमा विद्यमान फराकिलो मुद्दाहरूलाई प्रतिबिम्बित गर्दछ। विद्यालयमा हुने जातीय भेदभाव समग्र समाजमा रहेको संरचनात्मक समस्यासँग जोडिएको उनले बताइन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप