संग्रह गर्नुहोस्।
संग्रहित

एनआरएनए फिनल्यान्डद्वारा आयोजित बाल फुटबल प्रतियोगिता सम्पन्न

फिनल्यान्डभरिका नेपाली बालबालिकाहरूलाई खेलकुद मार्फत जोड्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न उमेर समूहमा कडा प्रतिस्पर्धा देखियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • एनआरएनए फिनल्यान्डद्वारा आयोजित बाल फुटबल प्रतियोगिता सम्पन्न।
  • हिमालयन स्पोर्ट्स क्लबले U15 र U9 मा दोहोरो स्वर्ण जित्यो।
  • U12 मा अल स्टार र U7 मा टिम त्रिशुली विजयी।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद फिनल्यान्डले आयोजना गरेको बाल फुटबल प्रतियोगिता शनिबार भान्तास्थित कोइभुकुलाको फुटबल ग्राउन्डमा सम्पन्न भएको छ।

फिनल्यान्डभरि छरिएर रहेका नेपाली बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट एकै ठाउँमा ल्याउने उद्देश्यले आयोजित यो प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक र रोचक रह्यो।

प्रतियोगितामा चार उमेर समूहमा बाल खेलाडीहरू उपाधीका लागि भिडेका थिए।

कडा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा हिमालयन स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै दुई उमेर समुहमा स्वर्ण पदक जित्न सफल भयो। क्लबले U15 र U9 दुवै समूहमा स्वर्ण पदक जितेको हो।

विज्ञापन

U12 उमेर समूहमा अल स्टार क्लबले र U7 उमेर समूहमा टिम त्रिशुलीले स्वर्ण पदक हात पारेका थिए। कार्यक्रममा बालबालिका, अभिभावक र नेपाली समुदायका सदस्यहरूको उत्साहजनक उपस्थिति थियो, र मौसमले पनि साथ दिएको थियो।

“निकै रोमाञ्चक र रमाईलो खेल भयो,” कार्यक्रममा छोरासहित उपस्थित एक नेपाली अभिभावकले नेपालीलाइनेनसँग फोनमा भने। “व्यवस्थापन पक्ष भने अलि चुस्त बनाउनु पर्ने देखियो।”

यो प्रतियोगिता एनआरएनए फिनल्यान्डले आयोजना गरेको दोस्रो संस्करण हो। गत वर्षको कार्यक्रमको सफलता र समुदायबाट आएको उच्च मागका कारण यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले बताएको छ।

“हामीले यो कार्यक्रम पहिलो पटक गत बर्ष आयोजना गरेका थियौँ र निकै सफलतापूर्वक सम्पन्न गरेका थियौँ।” एनआरएनए फिनल्यान्डका अध्यक्ष लभ उपाध्यायले नेपालीलाइनेलाई गत महिना भनेका थिए। “यो वर्ष पनि यसको माग उच्च रहेको आभास भएपछि हामीले निरन्तरता दिएका हौँ।”

यो प्रतियोगिता एनआरएनए फिनल्यान्डले आयोजना गरेको दोस्रो संस्करण हो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

५ देखि १५ वर्षसम्मका नेपाली मूलका (बुवा वा आमामध्ये एक नेपाली भएका) खेलाडीहरूले प्रतियोगितामा भाग लिएका थिए।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप