संग्रह गर्नुहोस्।
संग्रहित

एनआरएनए फिनल्यान्डमा नयाँ नेतृत्व निर्विरोध, योगेन्द्र सङ्ग्रौला अध्यक्ष बन्ने निश्चित

कार्यकाल २०२५−२०२७ का लागि अधिकांश पदमा एकल उम्मेदवारी परेपछि निर्वाचन नहुने, आईसीसी सदस्य पद भने रिक्त।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • योगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा गैरआवासीय नेपाली संघ फिनल्यान्डको नयाँ कार्यसमिति गठन हुने।
  • माग गरिएका पदहरूमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले निर्वाचनको आवश्यकता नपर्ने।
  • अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य पदमा भने कसैको पनि उम्मेदवारी नपरेकाले पद रिक्त।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्यान्डको २०२५−२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित हुने भएको छ। निर्वाचन समितिले मङ्गलवार सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक सूची अनुसार अध्यक्ष पदमा योगेन्द्र सङ्ग्रौलाको मात्र एकल उम्मेदवारी परेको छ।

माग गरिएका पदभन्दा बढी उम्मेदवारी नपरेकाले निर्वाचनको आवश्यकता नदेखिएको निर्वाचन समितिका संयोजक शम्भु प्रसाद साहले नेपालीलाइनेनलाई बताए।

“यसको विधिवत् घोषणा त ३१ अगस्टको साधारण सभाबाट हुन्छ, तर अबको समिति यही हो। चुनाव गर्नुपर्ने आवश्यकता रहेन।” शाहले भने।

यसअघि वर्तमान अध्यक्ष लव उपाध्यायले नेपालीलाइनेनसंग कुरा गर्दै अध्यक्षको रूपमा दोहोरिने आफ्नो इच्छा नरहेको बताएका थिए।

विज्ञापन

“मेरो कार्यसमितिमा तीन कार्यकाल भयो। अध्यक्षको रूपमा पनि एक कार्यकाल गरियो।” उनले भनेका थिए। “अब म चाहिँ दोहोरिन्न, तर अहिलेको समितिका धेरै साथीहरूको दोहोरिने इच्छा छ।”

अहिलेका उपाध्यक्ष मध्येका एक र भावी अध्यक्ष हुने निश्चित भएका योगेन्द्र सङ्ग्रौलाले भने निर्वाचन प्रक्रिया सुरु नहुन्जेल आफ्नो अध्यक्षको उम्मेदवारीबारे केही नबोल्ने बताएका थिए।

अन्य मुलुकहरूमा एनआरएनए कार्यसमिति चयन गर्दा घम्साघम्सी हुने गरे पनि फिनल्यान्डमा भने सामान्यतया: सर्वसम्मतिमै नेतृत्व चयन हुने गरेको छ।

को-को छन् नयाँ समितिमा?

निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार २०२५−२०२७ कार्यकालका लागि निम्न उम्मेदवारीहरू परेका थिए। निर्वाचन नहुने भएपछि अबको कार्यसमिति यही नै हुनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
  • अध्यक्ष: योगेन्द्र संग्रौला
  • उपाध्यक्ष: विष्णु अर्याल, प्रतिष्ठा मिश्र, र तारा प्रसाद सापकोटा
  • महासचिव: पारस शर्मा
  • सचिव: मनोज अर्याल
  • कोषाध्यक्ष: शिला घिमिरे
  • महिला प्रतिनिधि: वर्षा खनाल
  • युवा प्रतिनिधि: अशिम घिमिरे

पदाधिकारीमा रहेकामध्ये उपाध्यक्षहरू प्रतिष्ठा मिश्र र विष्णु अर्याल, महासचिव पारस शर्मा, र कोषाध्यक्ष शिला घिमिरे नयाँ नामहरू हुन्। मिश्र, अर्याल, र शर्मा वर्तमान समितिमा सदस्यको रूपमा छन्।

महिला प्रतिनिधि वर्षा खनाल र युवा प्रतिनिधि अशिम घिमिरे पनि उक्त पदमा नयाँ हुन्। घिमिरे भने वर्तमान समितिमा सदस्यको रूपमा छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

उपाध्यक्ष तारा प्रसाद सापकोटा अहिले पनि उपाध्यक्ष छन् भने मनोज अर्याल पनि अहिलेकै सचिव हुन्। वर्तमान समितिका महासचिव सौरभ लामिछाने र उपाध्यक्ष बिनिता लामिछानेले कुनै पदमा उम्मेदवारी दिएका छैनन्। अर्थात् वर्तमान अध्यक्ष उपाध्यायजस्तै उनीहरू पनि एनआरएनए समितिबाट बाहिरिएका छन्।

१२ जना कार्यसमिति सदस्यहरूमा कपिल पाण्डे (हेलसिन्की), लेखनाथ भण्डारी (खुला), अनन्त सापकोटा (कुओपिओ), भगवान यादव (खुला), सुदर्शन भण्डारी (हेलसिन्की), वरुण खनाल (हेलसिन्की), दीपक क्षेत्री (हेलसिन्की), गोविन्द प्रसाद अर्याल (हेलसिन्की), विकेश श्रेष्ठ (खुला), पवन पाण्डे (हेलसिन्की), विनोद खरेल (ओउलु), र कविता अधिकारी (हेलसिन्की) को उम्मेदवारी परेको छ।

निर्वाचन समितिले उम्मेदवारहरूको सूचीउपर दाबी-विरोधका लागि आह्वान गरेको छ, तर त्यस्तो हुने सम्भावना निकै कम रहेको विश्वसनीय स्रोतले नेपालीलाइनेनलाई बतायो।

कुनै पनि उम्मेदवार उपर प्रमाणसहितको दाबी-विरोध भएमा १४ अगस्ट २०२५ को साँझ ५ बजेभित्र समितिको इमेलमा पठाउन सकिनेछ। साथै कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा सोही समयसीमाभित्र निवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र कुनै दाबी-विरोध वा उम्मेदवारी फिर्ता नभएमा यही सूचीलाई अन्तिम मानी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य पदका लागि भने कसैको पनि उम्मेदवारी परेको छैन

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य पदका लागि भने कसैको पनि उम्मेदवारी परेको छैन, जसका कारण उक्त पद हाललाई रिक्त रहेको छ।

शम्भु प्रसाद साहको संयोजकत्वमा गठित निर्वाचन समितिमा मुक्ति नारायण पौडेल, शैलु भट्टराई र सचिन्द्र रिमाल सदस्य रहेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप