संग्रह गर्नुहोस्।
संग्रहित

यो वर्षको शिवरात्रि विशेष बनाउने पशुपतिनाथ फिनल्यान्डको तयारी, हुनेछन् यस्ता कार्यक्रम

पशुपतिनाथ फिनल्यान्डले आगामी फेब्रुअरी १५ मा हेलसिन्कीको माल्मीमा विविध सांस्कृतिक कार्यक्रमसहित शिवरात्रि पर्व भव्यरुपमा मनाउने भएको हो।

संक्षेपमा


  • हेलसिन्कीको माल्मीमा फेब्रुअरी १५ मा शिवरात्रि उत्सव हुने।
  • पन्चे बाजा, भजन कीर्तन र शिव ताण्डव नाच कार्यक्रमका मुख्य आकर्षण।
  • बिहान १० बजेदेखि शिव रुद्रअभिषेक पूजा पनि सञ्चालन हुने।

फिनल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका लागि यो वर्षको महाशिवरात्रि पर्व भव्य रूपमा मनाउने अवसर प्राप्त हुने भएको छ।

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ समिति फिनल्यान्डले फेब्रुअरी १५ मा हेलसिन्कीको माल्मीमा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने भएको हो।

कार्यक्रम माल्मीस्थित Stadin Ammattiopisto/Hyvinvointi को हलमा दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको सुरुवात परम्परागत पन्चे बाजाको धुनबाट गरिने आयोजकले बताए।

महाशिवरात्रि हिन्दूहरूको प्रमुख पर्व मध्ये एक हो। यो पर्वलाई भगवान शिव र माता पार्वतीको मिलनको दिनका रूपमा मनाइन्छ। यो वर्ष महाशिवरात्रि फेब्रुअरी १५ का परेको छ।

हुनेछन् विविध कार्यक्रम

हेलसिन्कीमा आयोजना हुने उत्सवलाई थप रोचक बनाउन शिव र पार्वतीको झाँकीका साथै पन्चाङ देवताहरूको प्रस्तुति पनि समावेश गरिएको छ। शिव ताण्डव नाच र बालबालिकाहरूका लागि निबन्ध प्रतियोगिता समेत आयोजना हुनेछ।

कार्यक्रममा सहभागी हुने भक्तजनहरूका लागि अखण्ड भजन कीर्तन र शिव आरतीको व्यवस्था गरिएको छ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई शिव प्रसाद वितरण गरिने जानकारी समितिले दिएको छ।

मुख्य समारोहअघि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म छुट्टै स्थानमा शिव रुद्रअभिषेक पूजा सम्पन्न गरिनेछ। व्रत बसेर पूजा गर्न चाहनेले समितिलाई पहिले नै सम्पर्क गर्नुपर्ने प्रावधान राखिएको छ।

आयोजकले सपरिवार उपस्थित भई महादेवको कृपा प्राप्त गर्न सबैला निमन्त्रणा रहेको जानकारी दिएका छन्।

पशुपतिनाथ समिति फिनल्यान्डले विगत केही वर्षदेखि फिनल्यान्डमा नेपाली संस्कृति र धार्मिक परम्परालाई जगेर्ना गर्दै आएको छ।

प्रवासमा रहेका नेपालीहरूका लागि आफ्नो मौलिक धर्म र संस्कृति जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप