विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका नेपालीका लागि पासपोर्ट नवीकरणको अवसर, यसरी लिनुहोस् सेवा

कोपेनहेगनस्थित नेपाली राजदूतावासले आगामी जुन महिनामा फिनल्यान्डमा पासपोर्ट नविकरण घुम्ती सेवा सञ्चालन गर्ने भएको हो।

.संक्षेपमा.


  • हेलसिन्कीमा १२-१४ जुनमा राहदानी तथा कन्सुलर सेवा सञ्चालन हुने।
  • राहदानी आवेदनका लागि दूतावासको वेबसाइटबाट अनलाइन फाराम भर्नुपर्ने।
  • शुल्क १० जुनभित्र बुझाउनुपर्ने, फोटो शिविरमै खिचिने।

कोपेनहेगनस्थित नेपाली राजदूतावासले गैर-आवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डसँगको सहकार्यमा हेलसिन्कीमा पासपोर्ट नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ।

एनआरएनए फिनल्यान्डका अनुसार यो विशेष सेवा आगामी १२ देखि १४ जुनसम्म हेलसिन्कीमा सञ्चालन हुनेछ। उक्त समयमा फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूले पासपोर्ट नवीकरण तथा अन्य कन्सुलर सेवा लिन सक्नेछन्।

राहदानी (पासपोर्ट) आवेदनका लागि १२ देखि १४ जुन र अन्य कन्सुलर सेवा (जस्तै वारेसनामा, कागजात प्रमाणीकरण) का लागि १५ जुनको मिति तोकिएको छ।

हेलसिन्कीको Koskelantie 5 मा रहेको नेपाली रेस्टुरेन्ट चौतारी (Ravintola Chautari) मा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सेवा उपलब्ध हुनेछ।

दूतावासले एनआरएनए फिनल्यान्डसँगको सहकार्यमा पहिले पनि पटक-पटक यो सेवा दिइसकेको छ।

नेपालको तुलनामा फिनल्यान्डबाट पासपोर्ट नवीकरण गर्नु करिब पाँच गुना महँगो पर्छ। यद्यपि नेपाल जान सम्भव नभएको तर नयाँ राहदानी चाहिएको अवस्थामा यो सेवा निकै उपयोगी छ।

.राहदानी आवेदन प्रक्रिया .


  • सबैभन्दा पहिले https://emrtds.nepalpassport.gov.np वेबसाइटमा गई अनलाइन फाराम भर्ने।
  • फाराम भर्दा आवेदन स्थानमा ‘NE, Copenhagen’ छान्ने। मिति १३ जुन २०२६ छनौट गर्ने। फाराममा छनोट गरिएको मिति सांकेतिक मात्र हो। वास्तविक समय तालिका एनआरएनए फिनल्यान्डले पछि सार्वजनिक गर्नेछ।
  • फाराम भरिसकेपछि बारकोड सहितको प्रतिलिपि प्रमाणीकरण (verification) का लागि [email protected] मा इमेल गरेर पठाइदिने।
  • सेवा शुल्क दूतावासले तपाइका कागजात रुजू गरे पश्चात् राहदानीका लागि राजस्व दस्तुर बुझाउनु पर्ने। राजस्व आगामी १० जुन २०२६ भित्र दूतावासको बैंक खाता (Danske Bank) खातामा जम्मा गरिसक्नुपर्ने।
  • Name of Beneficiary: Embassy of Nepal, Copenhagen
    Bank: Danske Bank
    Reg. No.: 4001
    Account No.: 3204374848
    IBAN: DK9530003204374848
    BIC/SWIFT: DABADKKK

.राजस्व कति तिर्ने, कसरि तिर्ने?.


  • ३४/३६ पृष्ठको पासपोर्ट लिने भए

नयाँ राहदानी आवेदन तथा नवीकरणः १० वर्ष पुगेकालाई ९५० डेनिस क्रोनर (करिब १२७ युरो), १० वर्ष भन्दा मुनिकालाई ४७५ डेनिस क्रोनर (करिब ६४ युरो)

-पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ बनाउनु पर्दाः १० वर्ष भन्दा माथिका लागि १४५० डेनिस क्रोनर (करिब १९४ युरो), १० वर्ष भन्दा मुनिकालाई ७२५ डेनिस क्रोनर (करिब ९७ युरो)

  • ६६ पृष्ठको पासपोर्टका लागि
  • नयाँ राहदानी आवेदन तथा नवीकरणः १० वर्ष पुगेकालाई १३५० डेनिस क्रोनर (करिब १८१ युरो), १० वर्ष भन्दा मुनिकालाई ६७५ डेनिस क्रोनर (करिब ९० युरो)
  • -पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ बनाउनु पर्दाः १० वर्ष भन्दा माथिका लागि २०२० डेनिस क्रोनर (करिब २७० युरो), १० वर्ष भन्दा मुनिकालाई १०१० डेनिस क्रोनर (करिब १३५ युरो)
  • महत्वपूर्णः डेनमार्क बाहिर रहेका बैङ्कहरूबाट राजस्व पठाउँदा यदी Sender will bear all the costs भन्ने option भएमा सो छनौट गर्नुहोला। यदी त्यो विकल्प नभएमा बैङ्कले ५० क्रोनर बराबरको बैङ्क शुल्क लिने हुँदा राजस्व पठाउँदा माथिको रकममा ५० क्रोनर थप गरी रकम पठाउनु होला। अन्यथा तोकिएको राजस्वको रकममा पचास क्रोनर कम भई बैकमा जम्मा हुने हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । पटक-पटक यस्तो समस्या आइरहेको हुँदा विशेष सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ।

यसका अलावा घुम्ति टोलीको फिनल्यान्ड भ्रमणको खर्च कभर गर्न एनआरएनए फिनल्यान्डलाई सेवाग्राहीले कम्तिमा १० युरो सहयोग गर्ने प्रचलन रहि आएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो सहयोगी सदस्य बनी सम्पूर्ण प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.91€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

अन्य ध्यान दिनुपर्ने कुराहरू

  • फाराम बुझाए पछि कुनै त्रुटि भएको थाहा भयो भने फोटो खिच्ने समयमा अनुरोध गरी सच्याउन सकिनेछ । तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन। पुरै प्रकृया फेरि सुरूदेखि नै गर्नु पर्नेछ।
  • आवेदन भर्दा राजस्व दस्तुर भुक्तानीको विकल्प देखा पर्नेछ। यो व्यवस्था नेपालबाट राहदानी लिनका लागि मात्र उपलब्ध भएको हुँदा दूतावासमा लागू हुँदैन। यसमा केही गर्न पर्दैन।
  • पासपोर्ट नविकरणका लागि आवश्यक फोटो घुम्ती टोलीले नै खिच्ने भएकाले सेवाग्राहीले फोटो बोक्न पर्दैन। पाँच वर्ष नपुगेका बालबालिकाको हकमा दूतावासमा उपस्थित नभएमा वा उपस्थित भएतापनि तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने भएमा भने फोटो आवश्यक पर्दछ।
  • पासपोर्टको निवेदन दिएपछि त्यसको अवस्था थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport App डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिन्छ।  

अति आवश्यक परे मात्र एनआरएनमा फोन

एनआरएनए फिनल्यान्डले सयौं कलहरू व्यवस्थापन गर्न गाह्रो हुने भन्दै आपतकालीन अवस्थामा बाहेक एनआरएनए टिमलाई फोन नगर्न आग्रह गरेको छ।

कुनै पनि जिज्ञासा वा सहयोगका लागि एनआरएनए फिनल्यान्डको फेसबुक पेजमा सन्देश पठाउन सकिनेछ। सम्बन्धित सम्पूर्ण जानकारी दूतावासको वेबसाइट र एनआरएनएको फेसबुक पोस्टमार्फत उपलब्ध गराइने जानकारी गराइएको छ।

पासपोर्ट नविकरण सम्बन्धि सम्पूर्ण अद्यावधिक जानकारी दूतावासको आधिकारिक पेजबाट प्राप्त गर्न सकिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप