संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा काम गर्नुहुन्छ? यस्तो हुनेछ भविष्यमा तपाईँको मासिक पेन्सन रकम

हेलसिन्कीस्थित फिनिस पेन्सन केन्द्र (ETK) को नयाँ तथ्यांक अनुसार पेन्सन रकममा वृद्धि हुने भए पनि आप्रवासी र स्थानीयबीचको आय दूरी भने बढ्ने देखिएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • सन् २०६० सम्ममा औसत पेन्सन २२०० युरो पुग्ने इटीकेको (ETK) प्रक्षेपण।
  • शीर्ष १० प्रतिशतको पेन्सनमा अन्यको तुलनामा तीव्र वृद्धि देखिने।
  • रोजगारी अवधि छोटो हुँदा आप्रवासीको पेन्सन रकम स्थानीयको भन्दा न्यून।

फिनल्यान्डमा आगामी वर्षहरूमा पेन्सन रकम क्रमिक रूपमा बढ्दै जाने नयाँ प्रक्षेपण सार्वजनिक भएको छ। हेलसिन्कीस्थित फिनिस पेन्सन केन्द्र (ETK) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले भविष्यको पेन्सन अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिएको हो।

हाल फिनल्यान्डमा औसत पेन्सन मासिक करिब १७०० युरो रहेको छ। यस्तै सबैभन्दा धेरै पेन्सन बुझ्ने शीर्ष १० प्रतिशतले मासिक ३३०० युरो पेन्सन प्राप्त गरिरहेका छन्।

इटीकेको तथ्यांकअनुसार सन् २०६० सम्ममा औसत पेन्सन करिब २२०० युरो पुग्नेछ। उच्च पेन्सन बुझ्नेहरूको रकम भने ४१०० युरो पुग्ने अनुमान छ।

यी सबै हिसाबहरू सन् २०२५ को मुद्रास्फीति दरमा आधारित हुन्।

विज्ञापन

सन् २१०० सम्ममा औसत पेन्सन ३००० युरो नाघ्नेछ। शीर्ष १० प्रतिशतको पेन्सन ६००० युरोभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ।

प्रक्षेपित पेन्सन रकम

आफ्नो पेन्सन निस्कने वर्ष (६४ देखि ६९ पुग्ने वर्ष) का आधारमा आफ्नो औसत पेन्सन रकम हेर्न सक्नुहुन्छ। डेटा स्रोतः पेन्सन सुरक्षा केन्द्र फिनल्यान्ड, ग्राफिक्सः नेपालीलाइनेन।

बढ्नेछ आर्थिक असमानता

तथ्यांकले भविष्यमा पेन्सन पाउनेहरूबीच आर्थिक असमानता भने केही बढ्ने देखाएको छ। उच्च पेन्सन पाउनेहरूको रकम अन्य समूहको तुलनामा छिटो बढ्नेछ। पेन्सनको भिन्नता मुख्यतया कामको अनुभव र कमाइमा आधारित हुने गर्छ।

राष्ट्रिय पेन्सन र ग्यारेन्टी पेन्सनले यो अन्तरलाई केही हदसम्म कम गर्छन्। तर समयसँगै यसको प्रभाव घट्दै जाने इटीकेले जनाएको छ।

भविष्यमा आप्रवासी पेन्सनवालाको संख्या बढ्ने भएकाले पनि पेन्सन अन्तर फराकिलो हुनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

आप्रवासीहरूको पेन्सन स्थानीय नागरिकको तुलनामा औसतमा कम हुने देखिएको छ। आप्रवासीहरूको रोजगारी ढिलो सुरु हुनु र समग्र रोजगारी दर कम हुनु यसको मुख्य कारण हुन्।

फिनल्यान्डको पेन्सन प्रणाली मुख्यतया दुई भागमा बाँडिएको छ। पहिलो रोजगारमा आधारित पेन्सन (Työeläke) हो भने दोस्रो राष्ट्रिय वा ग्यारेन्टी पेन्सन (Kansaneläke / Takuueläke) हो। रोजगारमा आधारित पेन्सन व्यक्ति जहाँ बसेपनि प्राप्त गर्छ भने सरकारी ग्यारेन्टी पेन्सनका लागि भने फिनल्यान्डमै बस्नुपर्ने नयाँ प्रावधान छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

रोजगारमा आधारित पेन्सन व्यक्तिले आफ्नो जीवनकालमा गरेको कमाइबाट जम्मा हुन्छ। आप्रवासीहरू फिनल्यान्ड आएपछि मात्र उनीहरूको यहाँको रोजगार पेन्सन सुरु हुन्छ।

त्यसैले, उनीहरूको काम गर्ने वर्षहरू कम हुने हुँदा समग्र पेन्सन रकम पनि स्थानीय फिनिस नागरिकको भन्दा कम हुन्छ। यद्यपि, पेन्सन अपर्याप्त भएको खण्डमा राज्यले न्यूनतम जीवनयापनका लागि ग्यारेन्टी पेन्सन उपलब्ध गराउँछ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप