विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा पेट्रोल सस्तियो, मूल्य चार वर्षकै न्यूनतम स्तरमा

मूल्य घट्नुको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सुरु गरेको व्यापार युद्धको धम्की हो। यसले विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट ल्याएको छ।

.संक्षेपमा.


  • पेट्रोलको मूल्य चार वर्ष यताकै सबैभन्दा कम स्तरमा झर्यो।
  • राजधानी क्षेत्रमा 95E पेट्रोल प्रति लिटर १.६० युरो भन्दा कममा उपलब्ध।
  • मूल्य घट्नुको प्रमुख कारण ट्रम्पले चीनलाई दिएको व्यापार युद्धको धम्की।

फिनल्यान्डको राजधानी हेलसिन्की लगायतका प्रमुख शहरहरूमा पेट्रोलको मूल्य अप्रत्याशित रूपमा घटेको छ। केन्द्रीय वाणिज्य च्याम्बरका यातायात विशेषज्ञ हान्ना कालेनोयाले फिनिस समाचार सँस्था YLE लाई बताए अनुसार यो मूल्य विगत चार वर्षमा नदेखिएको न्यूनतम स्तर हो।

विशेषज्ञहरूका अनुसार मूल्य घट्नुको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सुरु गरेको व्यापार युद्धको धम्की हो। यसले विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट ल्याएको छ।

कालेनोयाका अनुसार साताको दिन अनुसार पनि मूल्यमा उतारचढाव आउने गर्छ। आइतबार र सोमबार सामान्यतया मूल्य कम हुन्छ भने मंगलबार र बुधबार बढ्ने गर्छ। यसको कारण उपभोक्ताको माग र वितरण प्रणालीसँग सम्बन्धित छ।

रसियाको युक्रेन आक्रमण पछि बढेको तेलको मूल्य अहिले स्थिर हुँदै गएको छ। विश्व बजारमा रसियाको तेलको विकल्प फेला परेकोले पनि मूल्यमा स्थिरता आएको विश्लेषकहरूको भनाइ छ।

रसियाको युक्रेन आक्रमण पछि बढेको तेलको मूल्य अहिले स्थिर हुँदै गएको छ। विश्व बजारमा रसियाको तेलको विकल्प फेला परेकोले पनि मूल्यमा स्थिरता आएको विश्लेषकहरूको भनाइ छ।

विज्ञापन
विज्ञापन सकियो

फिनल्यान्डमा पेट्रोल वितरकहरूको सीमित संख्याले पनि मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको विश्लेषकहरू बताउँछन्। कालेनोजाका अनुसार वितरकहरूले एक-अर्काको मूल्य नीतिलाई नजिकबाट नियालिरहेका हुन्छन् र एउटाले मूल्य परिवर्तन गर्दा अरूले पनि त्यसको अनुसरण गर्ने गर्छन्।

सन् २०२० को वसन्त ऋतुमा कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्र ठप्प हुने आशंकाले तेलको मूल्य एकाएक घटेको थियो। त्यसपछि रुसको युक्रेन आक्रमणले ऊर्जा संकट निम्त्याउँदा मूल्य अत्यधिक बढेको थियो। सन् २०२२ को गृष्म ऋतुमा रुसमाथिको आर्थिक प्रतिबन्धका कारण कच्चा तेलको मूल्य रेकर्ड उचाइमा पुगेको थियो।

हाल ब्रेन्ट क्रुड अयलको मूल्य प्रति ब्यारल ६५ अमेरिकी डलरको हाराहारीमा कायम छ। चीन र अमेरिका बीचको व्यापार वार्तामा प्रगति देखिएपछि तेलको मूल्यमा केही सुधार आएको छ। तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकका केही सदस्य राष्ट्रहरूले आगामी महिनाहरूमा उत्पादन बढाउने योजना बनाएका छन्।

“विश्व अर्थतन्त्रको गतिविधि सुस्त हुने र तेलको खपत घट्ने संकेत देखिएको बेला तेलको मूल्य घट्नु स्वाभाविक हो,” कालेनोयाले भनिन्। उनका अनुसार अमेरिका र चीनबीच व्यापार सम्बन्धी समझदारी भएमा विश्व अर्थतन्त्र बलियो हुन सक्छ, जसले तेलको मूल्यमा केही वृद्धि ल्याउन सक्छ। तर यो वृद्धि सन् २०२२ को स्तरमा भने नपुग्ने अनुमान गरिएको छ।

Polttoaine.com वेबसाइटका अनुसार राजधानी क्षेत्रमा 95E पेट्रोलको मूल्य प्रति लिटर १.६० युरो भन्दा कम छ। यो सर्वसाधारण उपभोक्ताका लागि राहतको विषय बनेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप