संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, यसरी भयो घटना

धारिलो हतियार बोकेर आक्रामक व्यवहार गरेकाले गोली चलाएको प्रहरीले जनाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • हेलसिन्कीको काल्लियो क्षेत्रमा शनिबार बिहान प्रहरीले एक पुरुषलाई गोली हाने, उनको तत्कालै मृत्यु भयो।
  • प्रहरीले पहिले इलेक्ट्रिक स्टन गन प्रयोग गरेको थियो, तर त्यसले काम नगरेपछि बन्दुक प्रयोग गरियो।
  • प्रहरीको बल प्रयोगको हुनेछ छानबिन।

हेलसिन्कीमा शनिबार बिहान प्रहरीले एक पुरुषलाई गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार काल्लियो अल्पिहार्यु क्षेत्रमा एक व्यक्तिले धारिलो हतियार बोकेर घरको भर्‍याङमा हिँडिरहेको सूचना शनिबार बिहान ९ः४३ मा प्राप्त भएको थियो। प्रहरी घटनास्थलमा पुग्दा ती पुरुष भवनको छतमा भागेका थिए।

प्रहरीको भनाइअनुसार ती व्यक्तिले प्रहरीको आदेश पालना गरेनन् र प्रहरीका चेतावनीका बाबजुत चक्कु लिएर प्रहरीतर्फ आउन थाले। प्रहरीले पहिले तासर इलेक्ट्रिक स्टन गन प्रयोग गर्‍यो, तर त्यसले काम नगरेपछि बन्दुक प्रयोग गरिएको थियो। गोली लागेपछि उक्त पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

सन् २००० यताका २५ वर्षमा प्रहरीको गोली र अन्य बल प्रयोगका कारण फिनल्यान्डमा १३ जनाको मृत्यु भएको छ।

हेलसिन्की प्रहरीकी सञ्चार विज्ञ लिली शाट्जले घटनाको विस्तृत विवरण अहिले नै दिन नसकिने बताइन्। उनले तासरले काम नगरेको कारणबारे पनि टिप्पणी गर्न अस्वीकार गरिन्।

विज्ञापन

प्रहरीका अनुसार घटनाको अनुसन्धान सुरुवाती चरणमा छ र प्रहरीको हतियार प्रयोग आवश्यक थियो वा थिएन भन्ने पनि अनुसन्धान हुनेछ। अनुसन्धानको नेतृत्व एक अभियोजकले गर्नेछन्। शाट्जले अनुसन्धानको समयसीमा वा थप साक्षीहरूबारे जानकारी नभएको बताइन्।

काल्लियो क्षेत्रमा अशान्ति बढेको स्थानीयको अनुभव

घटनास्थलमा दिउँसो २ बजेपछि धेरै प्रहरीहरू उपस्थित रहेको फिनिस भाषाका अनलाइनहरूले लेखेका छन्। घटनास्थलमा एउटा गाडी पनि थियो जसमा मृतकलाई स्थानान्तरण गरिएको अनुमान गरिएको छ।

घटनास्थल नजिकै बस्ने एक व्यक्तिले गोलीकान्डले आफूलाई अचम्म नलागेको बताएको भन्दै फिनिस प्रसारण संस्था YLE ले लेखेको छ। “यो सामान्य त होइन, तर मलाई अचम्म पनि लागेन।” उनले भनेका छन्।

उनले काल्लियो र आसपासको क्षेत्रलाई सुरक्षित ठाने पनि लागूपदार्थको समस्याबाट ग्रस्त व्यक्तिहरू देखिने गरेको उल्लेख गरे।

घटनास्थलको ठीक अगाडिको घरमा बस्ने अर्की बासिन्दाले काल्लियो क्षेत्रमा पछिल्लो समय अशान्ति बढेको अनुभव सुनाइन्। “मानिसहरूको अवस्था राम्रो छैन भन्ने सडकमा देखिन थालेको छ।”

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विगतमा पनि अशान्ति नभएको होइन, तर शनिबारको गोलीकाण्ड अहिलेसम्मकै सबैभन्दा खराब घटना भएको उनको भनाइ छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप