संग्रह गर्नुहोस्।
संग्रहित

‍फेरी राजनीतिमा फर्कने मारिनको सङ्केत, भन्छिन्ः प्रधानमन्त्री हुँदाभन्दा अहिले सन्तुष्ट छु।

भन्छिन्ः प्रधानमन्त्री हुँदाको भन्दा अहिले राम्रो गरिरहेकी छु। तर मैले चाहे जति राम्रो भने गर्न सकेको छैन।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • सान्ना मारिन फेरी सक्रिय राजनीतिमा फर्किने सम्भावना।
  • हाल ‘सन्तुलित जीवन’ र आमाको भूमिकामा केन्द्रित।
  • उनको नयाँ पुस्तक मंगलबार सार्वजनिक हुँदै।

फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सान्ना मरिनले आफू भविष्यमा राजनीतिमा फर्कन सक्ने सङ्केत गरेकी छिन्। बेलायती पत्रिका ‘द सन्डे टाइम्स’ लाई दिएको एक विस्तृत अन्तर्वार्तामा उनले आफ्नो नयाँ पुस्तक, प्रधानमन्त्री हुँदाका विवाद र वर्तमान जीवनबारे खुलेर कुरा गरेकी हुन्।

“अहिले म राजनीतिक पद खोजिरहेको छैन, तर भविष्यमा हुनसक्छ,” मारिनले भनिन्। “मेरो जीवनमा धेरै आश्चर्यहरू भएका छन्, र मलाई आशा छ भविष्यमा पनि हुनेछन्।”

यो अन्तर्वार्ता उनको पुस्तक Hope in Action को फिनिस संस्करण Toivo on tekoja लोकार्पणको पूर्व सन्ध्यामा लिइएको हो। उक्त पुस्तक मङ्गलवारदेखि बजारमा आउँदै छ।

अन्तर्वार्तामा मारिनले आफू हाल ‘सन्तुलित जीवन’ जिउनमा केन्द्रित रहेको बताएकी छिन्। उनी एक आमा र साथीको रूपमा बढी समय दिन चाहन्छिन्।

विज्ञापन

मारिनकी एक सात वर्षे छोरी छिन् भने उनले आफ्ना पूर्व पतिसँग १९ वर्षको सम्बन्ध पछि पारपाचुके गरेकी थिइन्। मारिन आफ्ना पूर्व ‘हेयर स्टाइलिस्ट’ सँग प्रेम सम्बन्धमा रहेको फिनल्यान्डका ट्यावलोइडहरूले लेख्दै आएका छन्।

३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेकी मारिनले त्यो बेला विश्वकै कान्छी प्रधानमन्त्रीको रेकर्ड राखेकी थिइन्। ताम्पेरेको सामान्य परिवारमा जन्मेकी मारिनलाई दुई समलिङ्गी आमाहरूले हुर्काएका हुन्।

मारिनको पालामा आप्रवासीहरूलाई सहज हुने धेरै कानुनहरू ल्याइएको थियो। विद्यार्थीहरूले ‘ए’ परमिट पाउने र डिपेन्डेन्ट पनि सँगै ल्याउन पाउन व्यवस्था उनैले सुरु गरेकी हुन्।

“प्रधानमन्त्री हुँदाको भन्दा अहिले राम्रो गरिरहेकी छु,” उनी भन्छिन्। “तर मैले चाहे जति राम्रो भने गर्न सकेको छैन।”

अन्तर्वार्तामा सन् २०२२ को ‘पार्टी-डान्स भिडियो’ र प्रधानमन्त्रीको सरकारी निवास केसारान्तामा खिचिएको तस्बिरबारे पनि कुरा भएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

ती विवादहरूले गर्दा मन्त्रिपरिषद्को कार्यालयमा माहौल “धेरै नै गम्भीर” बनेको मारिनले स्मरण गरेकी छन्।

मारिनले सन् २०२३ को सेप्टेम्बरमा सांसद पदबाट राजीनामा दिएकी थिइन्। उनले त्यतिबेला आफूसँग “दिने कुरा केही बाँकी नरहेको” महसुस गरेको बताएकी थिइन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रधानमन्त्री हुँदाको भन्दा अहिले राम्रो गरिरहेकी छु। तर मैले चाहे जति राम्रो भने गर्न सकेको छैन।

सान्ना मारिन, फिनल्यान्डकी पूर्व प्रधानमन्त्री

“न उत्साह, न खुसी, न हिँड्नका लागि स्पष्ट बाटो,” उनले त्यस बेलाको आफ्नो भावनाबारे भनेकी थिइन्।

मारिन डिसेम्बर २०१९ देखि अप्रिल २०२३ सम्म फिनल्यान्डको प्रधानमन्त्री थिइन्। उनको कार्यकालमा उनले कोरोना भाइरस महामारी, रुस-युक्रेन युद्ध र फिनल्यान्डको नेटो सदस्यता प्रक्रिया जस्ता गम्भीर विषयहरू सामना गरेकी थिइन्।

उनी हाल बेलायती टोनी ब्लेयर इन्स्टिच्युटमा रणनीतिक सल्लाहकारको रूपमा कार्यरत छिन्। त्यहाँ उनको मुख्य जिम्मेवारी युक्रेन र मोल्दोभा मामिला हेर्नु हो।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप