संग्रह गर्नुहोस्।
संग्रहित

फिनिस रेलसेवा इतिहासकै पहिलो घटनाः गुडिरहेको रेलमा शिशुको जन्म

फिनल्यान्डको हेलसिन्कीबाट भासा जाँदै गरेको इन्टरसिटी रेलमा मङ्गलबार साँझ एक शिशुको जन्म भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • हेलसिन्कीबाट भासा जाँदै गरेको भीआर रेलमा शिशुको जन्म।
  • यात्रुको सहयोगमा प्रसूति, सेइनायोकीमा एम्बुलेन्सद्वारा उद्धार।
  • भीआरको इतिहासमै गुडिरहेको रेलभित्र बच्चा जन्मिएको पहिलो घटना।

फिनल्यान्डको राज्य-स्वामित्व रहेको रेल्वे कम्पनी भीआर (VR) को इन्टरसिटी रेलभित्र एउटा अचम्मको घटना घटेको छ। मङ्गलबार साँझ हेलसिन्कीबाट भासा शहरतर्फ जाँदै गरेको आईसी ४९ रेलमा एक महिलाले शिशुलाई जन्म दिएकी छन्।

भीआरकी सञ्चार प्रबन्धक तिना नुम्मेनमाले यो असाधारण तर सुखद घटना भएको प्रेस विज्ञप्तिमा बताएकी छन्। उनका अनुसार भीआरको इतिहासमा यसअघि कहिल्यै रेलभित्र बच्चा जन्मिएको आधिकारिक रेकर्ड छैन।

“भीआर [आमा र बच्चाको] परिवारलाई यो विशेष क्षणका लागि हार्दिक बधाई दिन्छ,” नुम्मेनमाले भनिन्।

फिनिस भाषाको ट्याब्लोइड पत्रिका इल्ता-सानोमातका अनुसार जन्मको समयमा सोही ट्रेनमा यात्रा गरिरहेका एक यात्रुले ती आमालाई सहयोग गरेका थिए।

विज्ञापन

रेल सेइनायोकी स्टेसनमा पुग्दा नवजात शिशु र आमाको लागि एम्बुलेन्स तयारी अवस्थामा पर्खिरहेको थियो। यस्तो अप्रत्याशित अवस्थामा पनि रेलका कर्मचारीले शान्त र व्यावसायिक रूपमा काम गरेको भीआरले जनाएको छ।

नवजात शिशुको जन्मले रेल यात्रामा केही रोमाञ्चकता ल्याए पनि यात्रा भने प्रभावित भएन। आईसी४९ रेल आफ्नो निर्धारित समयमै गन्तव्यतर्फ अघि बढेको थियो।

फिनल्यान्डको रेल्वे सेवा युरोपमै निकै सुरक्षित, सुविधायुक्त र समयनिष्ठ मानिन्छ। सामान्यतया यहाँ गर्भवती महिलाहरूलाई सुत्केरी हुने मिति नजिकिँदै गर्दा लामो यात्रा नगर्न स्वास्थ्यकर्मीहरूले सल्लाह दिने गर्छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप