संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा राजदूत तुलाधर: पासपोर्टदेखि दूतावास स्थापनासम्मका चर्चा

डेनमार्कका लागि नेपाली राजदूत सूम्निमा तुलाधरले हिजो फिनल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेपछि आज यहाँका नेपाली समुदायसँग अन्तर्क्रिया गरेकी हुन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • राष्ट्रपति अलेक्जेन्डर स्टबसमक्ष ओहोदाको प्रमाणपत्र पेश।
  • हेलसिन्कीमा नेपाली दूतावास खोल्ने मागमा छलफल।
  • राहदानी, बीमा र यात्राका समस्याबारे सुनिन् गुनासो।

डेनमार्कका लागि नेपाली राजदूत तथा फिनल्यान्डका लागि गैर आवासीय राजदूत सूम्निमा तुलाधरले हेलसिन्कीमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गरेकी छन्।

उनले हिजो मार्च २० मा फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबसमक्ष राष्ट्रपतीय निवासमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन्।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्डले आयोजना गरेको आजको कार्यक्रममा राजदूत तुलाधरले नेपालीका विविध जिज्ञासाको जवाफ दिएकी थिइन्।

छलफलमा राहदानी समस्या, बिमा, यात्राका कठिनाइ, विद्यार्थीहरूले भोगिरहेका समस्या र हेलसिन्कीमा नेपाली दूतावास स्थापना गर्ने विषयले प्राथमिकता पाएका थिए।

विज्ञापन

कार्यक्रममा एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौला, उपाध्यक्षहरू ताराप्रसाद सापकोटा र विष्णु अर्याल, महासचिव पारस शर्मा र महिला संयोजक वर्षा खनाल लगायत सहभागी थिए।

भान्ता नगरपालिकाका सिटी काउन्सिलर शेखर आचार्य पनि कार्यक्रममा उपस्थित थिए।

राजदूत तुलाधरले गत वर्ष फेब्रुअरीमा आफ्नो पदभार समालेकी हुन्। राजदूत हुनुभन्दा अघि उनी नेपालमा बाल अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय थिइन् र बाल मजदुर सरोकार केन्द्र (सिविन) को नेतृत्वमा थिइन्। उनी नागरिक अगुवा तथा नेपालको मानव अधिकार र शान्ति प्रक्रियाका महत्त्वपूर्ण व्यक्तित्व पद्मरत्न तुलाधरकी छोरी हुन्।

फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबसँग राजदूत तुलाधर। फोटोः फिनिस राष्ट्रपतिको कार्यालय।
फिनल्यान्डको नेपाली समुदायसँग राजदूत तुलाधर। फोटोः एनआरएनए फिनल्यान्ड।
एनआरएनए फिनल्यान्डका पदाधिकारीहरूसँग राजदूत तुलाधर। फोटोः एनआरएनए फिनल्यान्ड।
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप