विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

सकिएको छैन समरः फिनल्यान्डमा फेरि गर्मी फर्किने

साताको सुरुवात वर्षा र अस्थिर मौसमबाट भए तापनि मध्य सातादेखि मौसममा सुधार आई तापक्रम बढ्ने मौसमविद्को पूर्वानुमान छ।

.संक्षेपमा.


  • सोमबार र मंगलबार उत्तरी र पूर्वी भागमा वर्षाको सम्भावना।
  • बुधबारदेखि मौसममा क्रमिक सुधार आउने।
  • बिहीबार र शुक्रबारसम्ममा दक्षिणी र मध्य फिनल्यान्डमा तापक्रम ह्वात्तै बढ्ने।

फिनल्यान्डमा यो साताको मौसम अस्थिर सुरुवातपछि गर्मीमा परिणत हुने देखिएको छ। फिनिस मौसम विज्ञान संस्थानका अनुसार साताको सुरुका केही दिनमा वर्षा भए तापनि मध्य सातादेखि मौसम सुख्खा हुँदै जानेछ र साताको अन्त्यतिर देशको दक्षिणी र मध्य भागमा तातो लहरको समेत सम्भावना रहेको छ।

फिनिस मौसम विज्ञान संस्थानका मौसमविद् याको साभेलाका अनुसार साताको सुरुवात अस्थिर मौसमबाट भएको छ। सोमबार वर्षा देशको उत्तरी भाग र पूर्वी सीमामा केन्द्रित हुनेछ भने पश्चिमी भागमा मौसम सफा र सुख्खा रहनेछ। मंगलबार दिउँसोतिर देशको पश्चिमी भाग र ल्यापल्यान्डमा फाट्टफुट्ट वर्षाको सम्भावना छ।

साभेलाका अनुसार बुधबारदेखि मौसममा सुधार आउनेछ। उत्तरी भागमा केही स्थानमा छिटपुट वर्षा हुन सक्छ।

साताभरि अधिकतम तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि रहने अनुमान गरिएको छ।

“बिहीबार र शुक्रबारसम्ममा फिनल्यान्डको दक्षिणी र मध्य भागमा तातो लहरको सीमा (२५ डिग्री सेल्सियस) पार हुन सक्छ।” मौसमविद् साभेलाले भनेका छन्।

विज्ञापन
विज्ञापन सकियो

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप