संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा आज बुबाको मुख हेर्ने दिनः आप्रवासी बुबाले पनि पाउनेछन् माया र उपहार

राष्ट्रपति अलेक्जेन्डर स्टबले पहिलो पटक राष्ट्रिय बुवा दिवसको अवसरमा ४८ जना बुबालाई 'अर्डर अफ द व्हाइट रोज' तक्मा प्रदान गर्दैछन्। पहिले यस्तो सम्मान आमाहरूलाई मात्र प्रदान गर्ने गरिएको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • फिनल्यान्डमा बुबाहरूलाई पहिलो पटक राजकीय तक्मा प्रदान गरिने।
  • एस्टोनिया, आइसल्यान्ड, नर्वे र स्वीडेनमा पनि आज बुवा दिवस।
  • फिनल्यान्डमा रहेका नेपाली र अन्य आप्रवासी बुबाहरूको पनि हुनेछ कदर।

फिनल्यान्डमा आज नोभेम्बर महिनाको दोस्रो आइतबार राष्ट्रिय बुवा दिवस अर्थात् बुबाको मुख हेर्ने दिन मनाइँदै छ। यो वर्ष राष्ट्रपति अलेक्जेन्डर स्टबले पहिलो पटक ४८ जना बुबालाई राष्ट्रिय सम्मान पनि प्रदान गर्दै छन्।

यो दिन फिनल्यान्डमा आधिकारिक झन्डा दिवस अर्थात् राष्ट्रिय झन्डा फहराउने दिन पनि हो।

राष्ट्रपति स्टबले आज राष्ट्रपति दरबारमा हुने विशेष समारोहमा ४८ बुबालाई ‘सुओमेन भाल्कोइनेन रुसु’ (Order of the White Rose of Finland) को प्रथम श्रेणीको पदक (गोल्डेन क्रस सहित) प्रदान गर्नेछन्।

यो सम्मान उनीहरूले बालबालिकाको पालनपोषण र शिक्षामा पुर्‍याएको योगदानको कदर स्वरूप दिइएको हो।

विज्ञापन

फिनल्यान्डमा बुबाहरूले यस्तो राजकीय तक्मा पाएको यो पहिलो पटक हो। यसअघि सन् १९४६ देखि आमाहरूलाई मात्र आमा दिवसमा यस्तो सम्मान दिइँदै आएको थियो।

फिनल्यान्डमा सन् २०१९ देखि बुवा दिवसलाई पनि आमा दिवस सरह आधिकारिक झन्डा दिवसको मान्यता दिइएको थियो। आजको यो सम्मानले लैंगिक समानतामा थप बल पुर्‍याएको छ।

फिनल्यान्डमा बुबाको मुख हेर्ने दिनमा परिवारले मिठा परिकार खाँदै सँगै समय बिताउने चलन छ। बालबालिकाहरूले बुबालाई ओछ्यानमै बिहानको खाजा, हातले बनाएका कार्ड र उपहार दिन्छन्। सँगै हिँड्न जाने वा साउना जाने प्रचलन पनि छ।

बुबा बितेकाहरूले आफ्ना बुबाको चिहानमा गई पुष्प गुच्छा राखिदिने चलन पनि छ।

फिनल्यान्डसँगै आज इस्टोनिया, आइसल्यान्ड, नर्वे र स्विडेनमा पनि बुवा दिवस मनाइँदै छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

आप्रवासी समुदायले पनि अँगालेको संस्कृति

फिनल्यान्डमा रहेका आप्रवासीहरूले पनि यो पर्व मनाउने गरेका छन्। उदाहरणका लागि नेपालीहरूका लागि आफ्नै बुबाको मुख हेर्ने दिन भएपनि फिनल्यान्डमा बस्ने नेपाली आप्रवासीहरूले फिनल्यान्डको बुबाको मुख हेर्ने दिन पनि मनाउने गरेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

सोही अनुसार नेपाली तथा अन्य आप्रवासी समुदायले आज आ-आफ्ना बुबाहरूलाई सम्झिने छन्। उनीहरूको कडा परिश्रम, संघर्ष, र परिवारप्रतिको मायाको लागि यो दिवसमा उनीहरूलाई विशेष सम्मान, माया, उपहार र मिठो भोजन प्रदान गरिने छ।

घरबाट टाढा हुने र दिनैभरी काममा खटिने बुबाहरूका लागि भने यो दिन खल्लो हुनेछ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप