संग्रह गर्नुहोस्।
संग्रहित

भोली विश्व मधुमेह दिवस, हेलसिन्कीको इताकेस्कुसमा निःशुल्क ‘ब्लड सुगर’ जाँच हुने

आप्रवासीको स्वास्थ्य प्रवर्द्धनमा काम गर्ने संस्था HEED फिनल्यान्डले हेलसिन्कीको इताकेस्कुसमा रहेको इतिस सपिङ सेन्टरमा निःशुल्क रगत परीक्षण र परामर्श दिने भएको हो। 

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • नोभेम्बर १४ मा हेलसिन्कीको इताकेस्कुसमा निःशुल्क सुगर जाँच गर्न सकिने।
  • परीक्षणअघि २ घण्टा खाली पेट बस्नुपर्ने।
  • मधुमेह लगायतका अन्य विषयमा स्वास्थ्य परामर्श लिन सकिने।

विश्व मधुमेह दिवसको अवसरमा HEED फिनल्यान्डले हेलसिन्कीको इतिस सपिङ सेन्टर इताकेस्कुसमा निःशुल्क रगतमा चिनीको मात्रा (ब्लड सुगर) परीक्षण गर्ने भएको छ। यो कार्यक्रम नोभेम्बर १४, बिहीबार दिउँसो २ बजेदेखि ५ बजेसम्म चल्नेछ।

HEED फिनल्यान्ड फिनल्यान्डमा बस्ने आप्रवासीहरूको स्वास्थ्य प्रवर्द्धनमा काम गर्ने संस्था हो। मधुमेहबारे विश्वव्यापी रूपमा जनचेतना जगाउने दिनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो।

निःशुल्क परीक्षण इतिस सपिङ सेन्टरभित्र रहेको फिनकिनो चलचित्र हलको छेउमा हुनेछ।

संस्थाका अनुसार उक्त समयमा रगत परीक्षणका साथै उच्च रक्तचाप र मधुमेहको रोकथाम तथा व्यवस्थापनबारे सांस्कृतिक रूपमा संवेदनशील परामर्श पनि दिइनेछ। यो कार्यक्रम १८ वर्षभन्दा माथिका सबैका लागि निःशुल्क र खुला छ।

विज्ञापन

निःशुल्क परीक्षण इतिस सपिङ सेन्टरभित्र रहेको फिनकिनो चलचित्र हलको छेउमा हुनेछ।

आयोजकले सही नतिजाका लागि परीक्षणभन्दा २ घण्टा अघिदेखि केही नखान वा नपिउन अनुरोध गरेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप