संग्रह गर्नुहोस्।
संग्रहित

अमेरिकाको ‘डिपोर्ट लिष्ट’मा २२ जना फिनिस नागरिक पनि

२२ फिनिस नागरिकका अतिरिक्त यस सूचीमा १२० स्विडिस, ९४ इस्टोनियन, ४५ डेनिस, ३९ नर्वेजियन र ५ आइसल्याण्डका नागरिकहरू छन्।

संक्षेपमा.


  • अमेरिकाको डिपोर्ट लिस्टमा रहेका पन्ध्र लाख आप्रवासीमध्ये २२ जना फिनिस नागरिक।
  • आफ्ना नागरिकलाई फिर्ता लिन फिनल्यान्ड तैयार।
  • स्क्यान्डिनेभियन मुलुकका ३२५ जना नागरिक निर्वासन सूचीमा।

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (ICE) ले सार्वजनिक गरेको एक सूचीका अनुसार संयुक्त राज्य अमेरिकाले २२ जना फिनल्याण्डका नागरिकलाई देश निकाला गर्ने भएको छ। फक्स न्यूजले सार्वजनिक गरेको यो सूचीमा करिब १.५ मिलियन व्यक्तिहरू सामेल छन्। अमेरिकाले १३६५ जना नेपालीहरूलाई पनि फिर्ता पठाउने सुचीमा राखेको छ भने केहीलाई भने फिर्ता पठाइसकेको छ।

फिनल्याण्डको विदेश मन्त्रालयले अमेरिकाको ‘डिपोर्ट लिस्ट’मा परेका आफ्ना नागरिकका बारेमा कुनै जानकारी नभएको बताएको छ। गृह मन्त्रालयका अधिकारीहरूले पनि निर्वासन आदेशका बारेमा अनभिज्ञता जनाएका छन्। तर मन्त्रालयकी वरिष्ठ विशेषज्ञ निना लाएपेरीका अनुसार फिनल्याण्डले सामान्यतया अन्यत्र कानूनी बसोबास नभएका आफ्ना नागरिकहरूलाई फिर्ता स्वीकार गर्ने नीति लिएको छ।

यो डिपोर्ट लिस्ट अर्थात् निर्वासन सूची सन् २०२४ को नोभेम्बरमा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा अन्तिम रूप दिइएको थियो। हालै पदभार ग्रहण गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

अनधिकृत रूपमा बसिरहेका छन् वा अपराध गरेका छन् भने फिनल्यान्डका नागरिकलाई कहिलेकाहीं विदेशबाट फिर्ता गरिन्छ। यद्यपि म यो विशेष सूचीमाथि टिप्पणी गर्न सक्दिन।

नीना लापेरी, वरिष्ठ विशेषज्ञ, फिनिश गृह मन्त्रालय, आप्रवासन विभाग

ICE को कागजातमा २२ जना फिनिस नागरिकहरूलाई किन निष्कासन गर्न लागिएको हो भन्ने विवरण खुलाइएको छैन। फिनिस नागरिकका अतिरिक्त यस सूचीमा १२० स्विडिस, ९४ इस्टोनियन, ४५ डेनिस, ३९ नर्वेजियन र ५ आइसल्याण्डका नागरिकहरू समेत छन्।

अमेरिकाको डिपोर्ट लिस्टमा खासगरि ल्याटिन अमेरिकाका नागरिकहरू धेरै रहेका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप