संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको भुओसारी क्षेत्रमा किशोरी समूहको आतङ्क, प्रहरीमा ३० भन्दा बढी उजुरी

हेलसिन्कीको भुओसारीमा रहेको कोलम्बस सपिङ सेन्टर आसपास १५ वर्ष मुनिका बालिकाहरूले हिंसा मच्चाएपछि सुरक्षा चिन्ता बढेको हो।

संक्षेपमा


  • १५ वर्ष मुनिका बालिकाहरूद्वारा ३० भन्दा बढी हिंसात्मक घटना।
  • कोलम्बस सपिङ सेन्टर र मेट्रो क्षेत्रमा स्थानीय त्रसित।
  • सुरक्षाका लागि थप गार्ड र सीसीटीभी क्यामेरा परिचालन।

फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित भुओसारी क्षेत्रमा किशोरीहरूको एक समूहले सर्वसाधारणलाई दुःख दिने र लुटपाट गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार १५ वर्षभन्दा कम उमेरका यी किशोरीहरूले हालसम्म ३० भन्दा बढी अपराध गरिसकेका छन्।

यो समूह मुख्यतया भुओसारी र पासिला क्षेत्रमा सक्रिय छ। यसमा कक्षा ५ देखि ७ सम्म पढ्ने बालिकाहरू संलग्न रहेको जनाइएको छ।

यो विषयमा सुरुमा समाचार लेखेको हेलसिन्की सानोमातका अनुसार कोलम्बस सपिङ सेन्टरमा उनीहरूले वृद्धवृद्धालाई अपमान गर्ने र पसलबाट सामान चोर्ने गर्छन्।

उनीहरूले सपिङ सेन्टरको शौचालयमा ढोका हान्ने र मानिसहरूलाई गाली गर्ने गरेको पनि पाइएको छ।

उक्त सपिङ सेन्टरको एस्प्रेसो हाउसमा काम गर्ने कामदारले फिनल्यान्डको सार्वजनिक प्रसारक YLE लाई बताए अनुसार त्यहाँ बेलाबेलामा स्थिति निकै तनावपूर्ण हुने गर्छ। उनका अनुसार १२-१४ वर्षका बालिकाहरूले हरेक साँझ ग्राहकलाई बाधा पुर्याउँछन्।

त्यहीँको एक नेपाली रेस्टुरेन्टमा काम गर्ने सुनिल ढकालले पनि यस्तै समस्या भोग्नुपरेको YLE लाई बताएका छन्। उनले बालिकाहरूले रेस्टुरेन्टभित्र छिरेर चकलेट र पानी चोर्ने गरेको जानकारी दिए।

“उनीहरू ढोकामा लात्ताले हान्छन् र शौचालयमा भेपिङ गर्छन्,” ढकालले भनेका छन्।

नगरपालिकाका युवा कार्यकर्ताहरू नभएको समयमा यो समूह बढी सक्रिय हुने गरेको ढकालको अनुभव छ।

कोलम्बस सपिङ सेन्टरले स्थिति नियन्त्रण गर्न सुरक्षा गार्डको संख्या बढाएको जानकारी दिएको छ। साथै केही सुनसान भर्याङहरू पनि सुरक्षाका कारण बन्द गरिएका छन्।

प्रहरी र युवा कार्यकर्ताहरूसँग मिलेर समस्या समाधान गर्ने प्रयास भइरहेको जनाइएको छ। स्थानीय बासिन्दाले भने युवाहरूका लागि थप खेलकुद र अन्य क्रियाकलापको माग गरेका छन्।

फिनल्यान्डको कानुन अनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई फौजदारी अभियोगमा जेल सजाय हुँदैन।

यस्ता घटनामा संलग्न बालबालिकालाई सामान्यतयाः बाल कल्याण सेवा मार्फत सुधार गर्ने र सामाजिक कार्यकर्ताहरूमार्फत परिवारसँग परामर्श गर्ने गरिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप