संग्रह गर्नुहोस्।
संग्रहित

आवेदनमा भारी गिरावटः यसरी घट्दैछ फिनल्यान्डप्रति विदेशी विद्यार्थीको मोह

रोजगारीको अभाव र कडा आप्रवासन नियमका कारण फिनल्यान्ड आउन चाहने युरोप बाहिरका विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • युरोप बाहिरबाट आउने विद्यार्थीको आवेदनमा ऐतिहासिक गिरावट।
  • रोजगारीको अभाव र विद्यार्थीको नाजुक आर्थिक अवस्था मुख्य कारण।
  • सरकारद्वारा भिसा नियममा कडाइ तथा नयाँ आवेदन शुल्क लागू।

फिनल्यान्डका युनिभर्सिटी अफ एप्लाइड साइन्सेसहरूमा अध्ययन गर्न चाहने युरोपियन युनियन (ईयू) र ईईए बाहिरका विद्यार्थीको संख्यामा भारी गिरावट देखिएको छ।

दुई वर्षअघि करिब ६० हजारको हाराहारीमा रहेको यस्तो आवेदन यस वर्ष घटेर १२ हजारभन्दा केही बढीमा सीमित भएको छ। यो करिब ८०% को गिरावट हो।

हेलसिन्कीस्थित हागा-हेलियामा सन् २०२३ मा २५ हजार आवेदन परेका थिए। तर यो वर्ष ईयू र ईईए बाहिरबाट जम्मा १,२०० आवेदन मात्र प्राप्त भएका छन्। अर्थात् आवेदकको संख्या करिब ९५% ले घटेको छ।

त्यस्तै कोक्कोलास्थित सेन्ट्रिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमा पनि आवेदन संख्या १३ हजारबाट घटेर एक हजारमा झरेको छ।

विज्ञापन

पछिल्ला तथ्यांकले फिनल्यान्डको उच्च शिक्षा क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ।

पछिल्लो समय विदेशी विद्यार्थीहरू विभिन्न कारण फिनल्यान्डबाट डिपोर्ट हुनु पनि सामान्य बनेको छ।

किन घटे विद्यार्थी?

फिनल्यान्डको सार्वजनिक प्रसारक YLE लाई प्रतिक्रिया दिएका सेन्ट्रियाका रेक्टर तापियो हुत्तुलाका अनुसार फिनल्यान्डको खस्किँदो रोजगार बजार र विदेशी विद्यार्थीले काम पाउने झिनो सम्भावना नै आवेदन घट्नुको मुख्य कारण हो।

“बाँच्नका लागि उनीहरूलाई काम चाहिन्छ,” हुत्तुला भन्छन्।

विद्यार्थीका परिवारले उनीहरूमाथि ठूलो लगानी गरेकाले यहाँ आएर कमाउनु र आफैंलाई पाल्नु उनीहरूको बाध्यता रहेको उनी बताउँछन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा पढाई राम्रो भएपनि काम नपाउँदा धेरै विद्यार्थी आर्थिक संकटमा फस्ने गरेका छन्। यस्तो संकटको सामना धेरै नेपाली विद्यार्थीले समेत गर्ने गरेका छन्।

पछिल्लो समय विदेशी विद्यार्थीहरू विभिन्न कारण फिनल्यान्डबाट डिपोर्ट हुनु सामान्यजस्तै बनेको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

शैक्षिक एजेन्टहरूले फिनल्यान्डको जीवनशैलीबारे गलत जानकारी दिएर विद्यार्थी पठाउने र यसरी झुक्किएर आउनेहरू यता आएपछि गरिब र सीमान्तकृत जीवन बिताउन बाध्य भएका समाचार यहाँका मुलधारका मिडियामा समेत आउने गरेका छन्।

फिनल्यान्ड सरकारले ईयू र ईईए बाहिरका विद्यार्थीका लागि नियमहरू पनि थप कडा बनाएको छ, र त्यसले पनि आवदेन घट्नुमा योगदान दिएको देखिन्छ।

उदाहरणका लागि विद्यार्थीले आधारभूत सामाजिक सहायता लिएमा उनीहरूको रेसिडेन्स परमिट नै खारेज हुने नियम ल्याइएको छ। त्यस्तै, आम्दानीको न्यूनतम सीमा बढाइनुका साथै परिवार पुनर्मिलनका लागि डिपेन्डेन्ट ल्याउने नियमहरू पनि कडा पारिएका छन्।

गत वर्षदेखि युरोप बाहिरबाट गरिने आवेदनमा १०० युरो शुल्कसमेत लिन सुरु गरिएको छ, र त्यसले समेत आवेदनको संख्या घटाउनमा भूमिका खेलेको छ।

बंगलादेश, भारत र चीनजस्ता देशहरूले ‘ब्रेन ड्रेन’ रोक्न आफ्नै पहलहरू समेत सुरु गरेका छन्। यसले पनि फिनल्यान्ड आउने विदेशी विद्यार्थीको संख्या घटाउन मद्दत गरेको आकलन छ।

यो पनि पढ्नुहोस्

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप