संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका राष्ट्रपति दम्पती युक्रेन भ्रमणमा, कारण छ यस्तो

युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले दुई देशबीच ड्रोन उत्पादनसम्बन्धी सम्झौता गर्ने प्रस्ताव अघि सारेका छन्। योजनाअनुसार उत्पादन हुने ड्रोनमध्ये ९० प्रतिशत युक्रेनलाई उपलब्ध गराइनेछ भने १० प्रतिशत फिनल्यान्डमै राखिनेछ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डका राष्ट्रपति दम्पती युक्रेन भ्रमणमा।
  • फिनल्यान्ड र युक्रेनबीच चाँडै ड्रोन उत्पादन सम्झौता हुने स्टबको भनाइ।
  • उत्पादित ९० प्रतिशत ड्रोन युक्रेन जाने, १० प्रतिशत फिनल्यान्डमै रहने।

फिनल्यान्डका राष्ट्रपति अक्जेन्डर स्टब र उनकी पत्नी सुजान इनेस-स्टब अहिले युक्रेनको भ्रमणमा छन्।

भ्रमणको क्रममा राष्ट्रपति स्टब युक्रेन–नर्डिक–बाल्टिक शिखर सम्मेलन र युक्रेनलाई सहयोग गर्ने कोअलिसन अफ द विलिङ का राष्ट्र तथा सरकार प्रमुखहरूको बैठकमा सहभागी हुने कार्यक्रम छ।

त्यस्तै राष्ट्रपतीय दम्पतीले युक्रेनको ३५ औँ स्वतन्त्रता दिवसको समारोहमा पनि सहभागी हुनेछन्। युक्रेनले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको आज २४ अगस्टका दिन ३५ वर्ष पूरा भएको हो।

फिनिस राष्ट्रपतिसँगै सैनिक प्रमुख (कमान्डर) जान्ने याक्कोला र व्यवसायीहरूको एक टोली पनि युक्रेन पुगेको छ।

विज्ञापन

राष्ट्रपति स्टबले यसअघि सन् २०२६ को फेब्रुअरीमा युक्रेन भ्रमण गरेका थिए।

ड्रोन सम्झौताको तयारी

राष्ट्रपति स्टबले फिनल्यान्ड र युक्रेनबीच चाँडै ड्रोन सम्झौता हुन सक्ने बताएका छन्। नर्डिक र बाल्टिक देशहरूको शिखर सम्मेलनपछि युक्रेनको राजधानी किभबाटै उनले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार फिनल्यान्ड र युक्रेनबीचको सम्झौताबाट उत्पादन हुने ९० प्रतिशत ड्रोन युक्रेन पठाइनेछ। बाँकी १० प्रतिशत भने फिनल्यान्डले आफ्नै लागि राख्नेछ।

स्टबले यो सम्झौतालाई ‘डेनिस मोडल’ सँग तुलना गरेका छन्, जुन मोडलअन्तर्गत युक्रेनको रक्षा उद्योगलाई सीधै आर्थिक सहयोग गरिन्छ।

“हामीले युक्रेनलाई सहयोग गरेर कुनै परोपकार गरिरहेका छैनौँ,” स्टबले भने। “बरु उनीहरूले हामीबाट सिक्नेभन्दा बढी हामीले उनीहरूबाट सिक्न सक्छौँ।”

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

रक्षा सहयोगलाई समुद्र, हावा, जमिन, साइबर र अन्तरिक्ष गरी पाँच भागमा बाँडिएको छ। युक्रेनको समर्थनमा युरोपका उत्तरी देशहरूको एक तिहाइभन्दा बढी योगदान रहेको छ।

फिनल्यान्डको तर्फबाट ‘पात्रिया’, ‘इन्स्टा’ र ‘बुमरेन्जर’ जस्ता रक्षा कम्पनीहरूले युक्रेनी कम्पनीहरूसँग सम्झौता गर्दैछन्। फिनल्यान्डको सार्वजनिक प्रसारक YLE ले लेखे अनुसार स्टबको भ्रमण दलमा सातवटा रक्षा कम्पनीका प्रतिनिधि सहभागी छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा, ऊर्जा र आर्थिक क्षेत्रमा थप सहयोग मागेका छन्। आगामी वर्षका लागि युक्रेनलाई २७ अर्ब युरोको बजेट अभाव हुने जेलेन्स्कीले बताएका छन्।

तत्काल हतियार खरिद गर्न युक्रेनलाई १० अर्ब युरोको आवश्यकता छ। साथै रुसी ब्यालेस्टिक मिसाइल रोक्न नयाँ प्रणालीको विकास भइरहेको छ।

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा फेरि आक्रमण गर्ने खतरा रहेकोले आगामी हिउँद युक्रेनका लागि निकै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।

रुस र युक्रेनबिचको युद्ध हाल आधुनिक इतिहासको सबैभन्दा ठुलो भूराजनीतिक सङ्कट बनेको छ।

युद्ध थप लम्बिने सङ्केत

सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस र युक्रेनबिचको युद्ध हाल आधुनिक इतिहासको सबैभन्दा ठुलो भूराजनीतिक सङ्कट बनेको छ।

रुसले युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्वले युक्रेनी भूभागको ठुलो हिस्सालाई प्रभावित गरेको छ भने लाखौँ मानिसहरू विस्थापित भएका छन्। पश्चिमी देशहरूको समर्थन प्राप्त युक्रेनले आफ्नो सार्वभौमसत्ता जोगाउन कडा प्रतिरोधात्मक क्षमता प्रदर्शन गर्दै आएको छ भने दुवै पक्षबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको छ।

युद्धले विश्वव्यापी रूपमा ऊर्जा सङ्कट, खाद्यान्न अभाव र मुद्रास्फीति निम्त्याएको छ, जसले गर्दा आम नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ।

दुवै पक्ष आफ्ना रणनीतिक अडानबाट पछि हट्न तयार देखिएका छैनन्, र सोही कारण युद्ध थप लम्बिने सङ्केत देखिएको छ।

कूटनीतिक समाधानका प्रयासहरू जारी रहे पनि दिगो शान्ति स्थापना हुन सकेको छैन।

फिनल्यान्डले पनि यही युद्धका कारण विस्थापित करिब पचास हजार युक्रेनी शरणार्थीलाई आफ्नो भूमिमा शरण दिइरहेको छ।  

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप