संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको अर्थतन्त्र र रोजगारीको क्षेत्रमा लामो समयपछि देखियो सकारात्मक सङ्केत

मार्च महिनायता कम्पनीहरूको आम्दानी र नाफामा स्पष्ट सुधार आएको छ भने रोजगारीको अवसर पनि केही बढेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • चार वर्षयताकै सकारात्मक व्यापारिक दृष्टिकोण।
  • जुन र जुलाईमा ४० हजारभन्दा बढी रोजगारीका विज्ञापन प्रकाशित।
  • कामदारको माग झनै बढ्ने चेम्बर अफ कमर्सको दाबी।

‘फिनल्यान्डको अर्थतन्त्र बिग्रियो’, ‘काम नै पाइँदैन’ भनेर सुनिरहेको अवस्थामा अब भने परिवर्तनका सङ्केतहरू देखिन थालेका छन्।

हेलसिन्की क्षेत्रका कम्पनीहरूले आगामी तीन महिनाको लागि चार वर्षयता पहिलो पटक सकारात्मक आर्थिक दृष्टिकोण प्रस्तुत गरेका छन्।

हेलसिन्की क्षेत्रको चेम्बर अफ कमर्सले प्रकाशित गरेको एक सर्वेक्षणले सबैखाले व्यापारमा राम्रो नतिजा देखाएको छ। मार्च महिनायता कम्पनीहरूको आम्दानी र नाफामा स्पष्ट सुधार आएको छ।

त्यस्तै फिनल्यान्डको सबैभन्दा ठूलो रोजगार पोर्टल Duunitori का अनुसार पछिल्लो जुन र जुलाई महिनामा ४० हजारभन्दा बढी रोजगारीका विज्ञापनहरू प्रकाशित भए। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो।

विज्ञापन

रोजगारी वृद्धिमा मुख्यतया औद्योगिक र निर्माण क्षेत्रको ठूलो योगदान देखिएको छ। टेक्नोलोजी उद्योगमा पनि विगतको आर्थिक संकटपछिकै उच्च रोजगारीको अवस्था देखिएको छ।

चेम्बर अफ कमर्सका निर्देशक मार्कु लाह्तिनेनका अनुसार आर्थिक वृद्धि हुन्छ भन्नेमा अब सबैको विश्वास फर्किएको छ।

“कुनै एउटा क्षेत्रको मात्र नभई लगभग सबै क्षेत्रमा सकारात्मक सुधार छ,” चेम्बर अफ कमर्सको विज्ञप्तीमा उनी भन्छन्।

सर्वेक्षणमा सहभागीहरूको रोजगारीप्रतिको अनुमान पनि सोचिएभन्दा धेरै राम्रो छ। लाह्तिनेनका अनुसार यसै वर्षभित्र हेलसिन्की क्षेत्रमा कामदारको माग अझै बलियो हुने प्रक्षेपण छ।

निर्माण, यातायात र भण्डारण क्षेत्रमा आउने सुधारले कामदारको माग बढाउने प्रक्षेपण छ। यसका साथै कामदार कटौतीको दर घट्नु रोजगार बजारको लागि अत्यन्तै राम्रो संकेत हो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हेलसिन्की चेम्बर अफ कमर्सले गरेको यो सर्वेक्षणमा हेलसिन्की क्षेत्रका ४११ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले भाग लिएका थिए।

आर्थिक गतिविधि बढ्दै जाँदा फिनल्यान्डमा बसोबास गर्ने नेपाली आप्रवासीहरूका लागि पनि भविष्यमा रोजगारीका नयाँ अवसरहरू सिर्जना हुन सक्छन्। तर ती अवसरको लाभ लिन आप्रवासीहरूले भाषाको ज्ञानलगायतका अतिरिक्त चुनौतीहरू पार गर्नुपर्ने हुन सक्छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो पनि पढ्नुहोस्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप