संग्रह गर्नुहोस्।
संग्रहित

आइतबार हेलसिन्कीमा ‘इन्डिया डे’, यस्ता छन् मुख्य आकर्षण

फिनल्यान्डमा विगत नौ वर्षदेखि इन्डिया डे आयोजना हुँदै आएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • अगस्ट १६ मा हेलसिन्कीको मेरिपुइस्तोमा नवौँ इन्डिया डे आयोजना हुने।
  • विविध सांस्कृतिक प्रस्तुति, हस्तकला प्रदर्शनी र २० भन्दा बढी खानाका स्टल रहने।
  • लामो लाइनबाट बच्न चाहनेले खाना पहिल्यै अर्डर गर्न सक्ने।

हेलसिन्कीस्थित मेरिपुइस्तोमा आगामी अगस्ट १६ आइतबारका दिन इन्डिया डे को नवौँ संस्करण आयोजना हुने भएको छ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उत्सव भारतको संस्कृति, सम्पदा र फिनल्यान्डसँगको कूटनीतिक मित्रतामा आधारित रहने जनाइएको छ।

हेलसिन्कीमा रहेको भारतीय राजदूतावास र फ्रेन्डस अफ इन्डिया फिनल्यान्ड मुख्य आयोजक रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजन भने बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी CGI ले गरेको हो। सहयोगी पार्टनरहरूमा हेलसिन्की, भान्ता, एस्पो, ताम्पेरे, र लाहती नगरपालिकाहरू रहेका छन्।

साथै बिजनेस फिनल्यान्ड, ओपी बैङ्क, टाटा कन्सल्टेन्सी सर्भिस र भारतको विदेश मन्त्रालय समेतले कार्यक्रमलाई सघाएका छन्।

इन्डिया डे केवल सांस्कृतिक प्रदर्शनमा मात्र सीमित नभई फिनल्यान्डमा रहेका मानिसहरूबीचको सम्बन्ध बलियो बनाउने माध्यम भएको आयोजकले बताएको छ। इन्डिया डे कार्यक्रमले भारत र फिनल्यान्डबीचको सांस्कृतिक आदानप्रदानलाई पनि अझ गहिरो बनाउने आयोजकको विश्वास छ।

विज्ञापन

यस्ता छन् मुख्य आकर्षण

कार्यक्रममा भारतका विभिन्न क्षेत्रका परम्परागत खाना तथा स्ट्रिट फुड पस्कने २० भन्दा बढी स्टलहरू रहने छन्। सहभागीहरूले लामो लाइनमा बस्न नपरोस् भनेर Noutoateria मार्फत खानाको पूर्व-अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रममा शास्त्रीय, लोक र फिल्मी शैलीका नृत्य तथा सङ्गीत प्रस्तुत गरिने छ। साथै हस्तकला, आयुर्वेद सामग्री र विभिन्न गतिविधिमा आधारित स्टलहरू मुख्य आकर्षणका रूपमा रहने छन्।

दिनभरको कार्यक्रमलाई तीन मुख्य सत्रमा विभाजन गरिएको छ।

बिहान १० बजे ‘समृद्धि’ सत्रबाट सुरु हुने कार्यक्रमको आधिकारिक उद्घाटन भने दिउँसो १२ बजे हुनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उद्घाटन समारोहमा फिनल्यान्डका लागि भारतीय राजदूत र एस्पो शहरका मेयरलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहने छ। त्यसपछि ‘ऐक्यम्’ सत्र र साँझ १५:२० बजेदेखि ‘सहचर’ सत्र सञ्चालन हुने छ।

सन् २०२५ को फेब्रुअरीमा फिनल्यान्ड र भारतका परराष्ट्र मन्त्रीहरूले दुई देशबीचको ७५ वर्ष लामो गहिरो मित्रता र कूटनीतिक सम्बन्धको प्रतीक स्वरूप विशेष लोगो सार्वजनिक गरेका थिए। गतवर्ष फिनल्यान्डका राष्ट्रपति र प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए। भारतका विदेश मन्त्री र वाणिज्य मन्त्रीले पनि फिनल्यान्डको भ्रमण गरेका थिए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो पनि पढ्नुहोस्ः

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप