मनोज भुसाल नेपालीलाइनेनका संस्थापक तथा प्रधान सम्पादक हुन्। उनीसँग मिडिया उत्पादन र अनुसन्धानमा डेढ दशक भन्दा लामो अनुभव छ। उनले फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयबाट Global Development Studies मा पिएचडी गरेका छन्। उनले स्नातक र स्नातकोत्तर तहको अध्ययन पनि फिनल्यान्डबाटै पुरा गरेका हुन्।
पुर्जामाथी यौन दुर्व्यवहारको आरोप लगाएकी पूर्व मिस फिनल्यान्ड तथा फिनिस आरोही हिन्त्साले पुर्जाको निधनपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र ज्यान मार्ने धम्कीको सामना गरिरहेकी छन्। पुर्जासँगै बितेका अर्का नेपाली पर्वतारोहीप्रति भने उनले भावुक श्रद्धाञ्जलीी लेखेकी छन्। पढ्नुहोस् विस्तृतमा।
आगामी चुनावपछि फिनल्यान्डमा सरकारको नेतृत्व गर्ने निश्चित जस्तै रहेको एसडीपीले आप्रवासीहरूको एकीकरणसम्बन्धी कडा नीतिहरू अघि सारेपछि फिनल्यान्डको राजनीतिक वृत्तमा तरङ्ग मच्चिएको छ।
समुन्द्रमुनि सुरुङ बनाई फिनल्यान्ड र एस्टोनिया जोड्न प्रस्ताव गरिएको युरोपकै महत्त्वाकाङ्क्षी रेलमार्गको चर्चा फेरी सुरु भएको छ। सुन्दा अचम्म लाग्ने यो परियोजना सम्पन्न भएमा २०-३० मिनेटमै हेलसिन्कीबाट तालिन पुग्न सकिने छ। यस्तो छ उक्त महत्त्वाकाङ्क्षी परियोजनाको पुरा विवरण।