संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा विदेशी कामदारको श्रम शोषण रोक्न कडा कानुन बन्दै, यस्ता हुनेछन् प्रावधान

सरकारले खासगरि विदेशी कामदारमाथि हुने शोषण रोक्न 'कार्यस्थलमा जबर्जस्ती' भन्ने नयाँ अपराध परिभाषित गर्दै कडा सजायको व्यवस्था गर्ने भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • श्रम शोषण गर्ने रोजगारदातालाई चार वर्षसम्म जेल सजाय हुने।
  • विदेशी कामदारमाथिको शोषण रोक्ने सरकारको मुख्य लक्ष्य।
  • आवश्यक परे रोजगारदाताको टेलिफोन समेत ट्यापिङ गर्न सकिने।

फिनल्यान्डमा आप्रवासी कामदारमाथि हुने श्रम शोषणलाई रोक्न सरकारले नयाँ र कडा कानुनको प्रस्ताव गरेको छ। प्रस्तावित नयाँ कानुन अनुसार कामदारको आर्थिक र कानुनी अवस्थाको फाइदा उठाउने रोजगारदातालाई अब चार वर्षसम्म जेल सजाय हुन सक्नेछ।

फिनल्यान्डमा सरसफाइ, बेरी पिकिङ, काठको काम गर्ने, र रेस्टुरेन्ट लगायतका क्षेत्रमा विदेशी कामदारमाथि लामो समयदेखि शोषण हुँदै आएको छ।

फिनिस संसद्को कानुन समितिले श्रम शोषणसम्बन्धी कानुन परिमार्जन गर्न स्वीकृति दिएको छ। अब पुरानो कानुनलाई हटाएर ‘काम गर्ने ठाउँमा जबर्जस्ती’ भन्ने नयाँ अपराध कायम गरिनेछ।

कामदारको अज्ञानता वा बाध्यताको फाइदा उठाउने रोजगारदातालाई जरिवाना वा दुई वर्षसम्म जेल सजाय हुनेछ। गम्भीर प्रकृतिको अपराधमा भने चार महिनादेखि चार वर्षसम्मको जेल सजाय तोकिनेछ।

विज्ञापन

यसका साथै शोषण गर्ने कम्पनीलाई जरिवाना र रोजगारदातालाई व्यापारमा प्रतिबन्ध समेत लगाउन सकिनेछ। यसले कम तलब दिने र मोटो रकम लिएर काम दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने सरकारको अपेक्षा छ।

गम्भीर प्रकारको श्रम शोषणमा टेलिफोन समेत ट्यापिङ गर्न मिल्नेछ। यसले गर्दा शोषण गर्ने सञ्जालहरू पत्ता लगाउन सजिलो हुने अधिकारीहरूको अपेक्षा छ।

काम पाउनका लागि कामदारले रोजगारदातालाई उल्टै मोटो रकम तिर्नुपर्ने गैरकानुनी परिपाटीलाई नयाँ कानुनले गम्भीर अपराध मानेको छ।

यो नयाँ कानुन लागू भएपछि आफ्नो अधिकारबारे अनजान र भाषाको समस्या झेलिरहेका आप्रवासी कामदारहरूले ठूलो राहत पाउने र फिनिस श्रम बजार थप स्वच्छ हुने अपेक्षा गरिएको छ।

न्यायमन्त्री लेना मेरीले पछिल्ला वर्षहरूमा श्रम शोषण बढेर मानव बेचबिखनकै तहमा पुगेको बताइन्। वर्तमान कानुन अपर्याप्त भएकाले सजायलाई कडा पारिएको उनले स्पष्ट पारिन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा आप्रवासी कामदारको रूपमा आउने नेपालीहरूको संख्या उल्लेख्य छ। कामदारको रूपमा आउने धेरै नेपालीहरू रेस्टुरेन्ट क्षेत्रमा कार्यरत रहेपनि पछिल्ला वर्षहरूमा सरसफाई, बेरी टिप्ने, कृषि फर्म, र काठको काम गर्ने लगायतका क्षेत्रमा पनि नेपालीहरूको संख्या बढिरहेको छ।

विगतमा हेलसिन्की र अन्य सहरहरूमा पनि नेपाली कामदारमाथि भएको शोषण र मानव बेचबिखनका मुद्दाहरू अदालतसम्म पुगेका थुप्रै घटनाहरू फिनिस सञ्चारमाध्यममा आइसकेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो पनि पढ्नुहोस्ः

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप